Wednesday, December 26, 2012


जोहो गर्नु थियो छाकको ओछ्यान पनि गरम गरे
धर्म पाप जानिन मैले खोइ कस्तो करम गरे

भडकिएको थिए धेरै मजबुरी थ्यो मेरो नि
कति उर्ले आँधी तुफान अलिकती नरम गरे

पाप पुण्य थाहा छैन मन्दिर मुर्ती यही मेरो
तरिका फरक फरक होला मैले मेरो धरम गरे

सज्जिन त मन हुन्छ नांगिने छ रहर कहाँ
जल्छ कहाँ चुल्हो मेरो अरु जस्तै शरम गरे