Friday, April 26, 2013


जिन्दगी यो हिसाब भए बिग्रे जती मिलाउँथे
तिम्ले च्यात्या मुटु पनि जतन गरी सिलाउँथे
मसी भए मेटन् हुन्थ्यो बिधाताको कसी रैछ
चर्की चर्की दुख्छ मुटु घाऊ बनी बसी रैछ
जती दुखोस् खप्नै पर्ने घाऊ बनी बसी रैछ

तिम्रो मेरो सम्बन्ध यो किताब भए पल्टाउथे
तिम्ले केर्‍या कथा पनि सके जती सल्ट्याउथे
कथा भए फेरि लेख्थेँ जिन्दगी त ब्यथा रैछ
हाँसी हाँसी पढ्नु पर्ने बिबशताको कथा रैछ्