Saturday, September 14, 2013

जति सुकै तिमीले त नखरा नै पारे पनि
छैन लाको माया भनि जति सुकै टारे पनि
के बोल्थे झुट बिचरा ति निर्दोष आँखाहरु
जे सुकै भन मनले बुझ्छ मनको भाखाहरु

पराइ भनु भने हक जताए जस्तो लाग्छ
आफ्नो भनु भने पनि डराए जस्तो लाग्छ
जति बिते काफी छन तिमी सितका पलहरु
बिबस छ्यौ तिमी छैन अब कुनै हलहरु

Saturday, September 7, 2013

हुन सक्छ तिम्रो पनि आँखा भित्र भल थियो
मात्र म दुखेको थिए तिम्रो चाँही छल थियो

हैसियतको कुरो थियो जून तारा छुन पनि
तिमी उड्यौ आकाश छुन मेरो संसार तल थियो

थाक्दै थे म तिमी भाग्दै थियौ मलाई छोडि
दुई कदम पछि छुट्नु शायद हाम्रो हल थियो

भात्किदै थिए मेरा खुशी एक एक गरी
उता तिम्रो दुनियाँमा बेग्लै हलचल थियो