Wednesday, January 12, 2011

भाग्यलाई दोष द्याछु भैगो साथ हुनु पर्दैन तिमीले
फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले

दु:खाइमा समयले सिकाको छ हाँस्न अचेल मलाई
च्यातिएको छाती पनि सिकाको छ गाँस्न अचेल मलाई
चाराए नि चराउन घाऊहरु छुनु पर्दैन तिमीले

म हुनु र नहुनुमा के फरक पर्छ र अब तिम्लाई
निभेको छु बाल भनि कस्ले कर गर्छ र अब तिम्लाई
जति लागे कलंकका दागहरु धुनु पर्दैन तिमीले

आँखा भरि भरि छन थोपा थोपा तिनै पुराना पलहरु
जती थुन्न खोजे पनि बग्दा रहेछन आँसुका भलहरु
नयाँ घाम खोजी खोजी आँसु सुकाउनु पर्दैन तिमीले

Saturday, January 8, 2011

तिमी बाहेक यो संसारमा मेरो कोही आफ्नो थिएन
छेड्यौ मुटु जब तिमीले अघि बढन आँसुले दिएन

चराई रछ नासो सम्झी तैपनि छातीमै दु:खाको छु
तिमीले खोप्या घाऊ अझै मुटुबाट झिक्न सकिएन

पराइ भयौ टाढा गयौ नाता शायद यतिनै रह्यो
न भुल्न सके ,न फुल्न सके याद कतै दबिएन