Thursday, May 26, 2011

नहुने नै भन्दा हुनु बिहे भै दिए कति मजा
बिहे हुने भन्दा हुन जिन्दगी को मिठो सजा

घुर्की लगाएर होस या नखरा पारेर होस्
जान्न पनि कति जान्या जसरी नि कजा

बनको बाघ बनको स्याल यस्तै यस्तै छ हाल
मान्नै पर्दो रैछ् नत्र भन्छन कुचोले नि बजा

Wednesday, May 18, 2011

ग्रह दशा बिग्रो क्यारे, देशलाई राहु केतुले छोको छ
लौन धामी झाक्री, डाम्न पर्‍यो देश डस्ने कोको छ

लुतो खोरेत के हो कुन्नी,टन्की रहने कस्तो महामारी
फुटाउ आउ अब, देश भरी पाप भरिएको फोको छ

गिदी कुहिए पछि टाउको के काम, खाली गनाउछ
फाँकौ अब साथी,यहाँ धेरै सडेका बिचराको पोको छ

सियो देखि हात्ती निली सक्यौ अब के नै बाँकी छ र निल्न
सुन्दा पनि तज्जुब लाग्छ घिच्नेहरु अझै कति भोको छ

बारुद बोल्छ बस्ती बस्ती कुजो भको छ पहरा र गस्ती
बुद्ध फेरि शान्ती रोपुन अब बस यही एक धोको छ

Monday, May 2, 2011

सेबक हाजिर छ जब हजुर बोलाइसिन्छ
बैशमा यस्तै हो मैसाप किन टोलाइसिन्छ

के के गर्न जान्या रैछ यो गरीबले नि हजुर
मौका त दिएर हेरिस्यो ब्यर्थै किन लोलाइसिन्छ

जस्ले हान्यो तेस्ले जान्यो निशानाको कुरा हजुर
कल्पी कल्पी बस्दै फेरि मन किन घोलाइसिन्छ

आँट कहाँ म नाथेको मनको कुरा खोलु भने
मन बुझे सबै खोल्छु जे जे हजुर खोलाइसिन्छ

श्पर्शको लालच छ , छनक मात्र दिस्यो हजुर
सबै कुरा मोली दिन्छु जे जे हजुर मोलाइसिन्छ