Saturday, April 26, 2008

ठुलो सपना छैन देख्या साथै दिए हुन्छ
जिन्दगी डोराउन सक्ने हातै दिए हुन्छ

दौडधुप धेरै भो अब शान्त मनले बरु
धेरैले कुलच्या फुल भन्दा पातै दिए हुन्छ

उचनिच कोही हुन्न कुलघरानले के गर्छ
दर्शन बाडन सक्ने जुन जातै दिए हुन्छ

रुखोसुखो आनन्द मनले निलौला बरु
घरको किचलो मिलाउने नातै दिए हुन्छ

बेमौशमको प्रहारले आजित भए अती
अशिना पानी थेग्न सक्ने छातै दिए हुन्छ
हस्याङफस्याङ निकै देख्छु के को चटारो पर्‍यो नि
हतारां नसोची लाको माया कठै झटारो पर्‍यो नि

आर्का कुरा छुरा भयो बचन गला लाग्यो अहिले
मुन्टो बटारी के हुन्छ र ,मायै खटारो पर्‍यो नि

कागलाई बेल हर्श न बिस्मात ,शायद यस्तै भो
टोक्नु न बोक्नु भको पिरती, लहै अप्ठारो पर्‍यो नि

कुखुरे बैशमा कता चर्न ग्याथ्यो होश तिम्रो कुन्नी
असिरल्ल छरीई दु:खहरु, आँफै पसारो पर्‍यो नि

सुकोमल रुप कस्तरी बिरुप भएछ अचेल
जिन्दगीको भारले थिचेछ, बरै लछारो पर्‍यो नि

Tuesday, April 22, 2008

तिमीले गाढ्या मायाको चिनो ढलायो को आई
छुराको धार मुटुमा रेटी चलायो को आई

भर्खरै बन्या मायाको घर सजिन नपाउदै
खरानी बनाइ खुशी सबै जलायो को आई

हर्श र उल्लास टुसाको मात्र के थ्यो यात्रामा
फर्कने बाटो नभाको ठाममा छलायो को आई

तिम्रै भरोसा ओढेको थिए जनम भर लाई
आसुको भेल पठाइ जिबन गलायो को आई

अमृत सरी बाणी कती मधुर थियो तिम्रो
सुन्दर संसार बिच बिश फलायो को आई

Sunday, April 20, 2008

धेरै भो आँखा जुध्या ,मनको कुरा गरे हुन्छ
प्यासी भा'छु पिउन ,बैशको प्याला भरे हुन्छ

बेली चमेली भरी ,मनै फुलाई देको छु
छेक्छ कस्ले तिम्लाई ,दिलको किल्ला चरे हुन्छ

पछुताएर के भो ,समयले नेटो काटेछी
सुकेछी झर्नै पर्छ ,तनको बास्ना छरे हुन्छ

उजाड छ पहाड ,बसाइ सर्न मन भए
मेरो दिलको गाम ,बस्ती तिर झरे हुन्छ

खोले फाडो जे मिले,सन्तोष मानी हास्ने भए
खुशी दाईजो दिन्छु 'मेरो नै भर परे हुन्छ

Friday, April 18, 2008

अंक न'भा जिरो
तमासेको हिरो

भोकाको बेलामा
चामलको किरो

गुलियो भुलियो
अब गड्यो पिरो

धाजा फाटे मन्मा
मुटु भित्र चिरो

तमासेको हुल
मादरिको हिरो

धेरै दुख्यो भयो
नछाड हो तिरो

Wednesday, April 16, 2008

झर्को फर्को तिम्रै ठुलो, अझै घुर्काउछौ तिमी
सानोतिनो कुरामा नि ,आशु तुर्काउछौ तिमी

मन सफा भए गंगा ,लोटामा पनि अटछ
सन्का पाली लन्का खाने, कुरा हुर्काउछौ तिमी

औशी पूर्णे लाग्छ क्यारे ,खुशी हुँदा किन फेरी
उडाएर हाबा भरी, साह्रै फुर्काउछौ तिमी

टलटुले विश्वाशको ,के भर हुदो रछ खै
आठठ्याएर किल्किलो,डोरी सुर्काउछौ तिमी

अबोध चेहरा भित्र ,कुटिल मन रछ त
राम राम भनी भिर तिर गुर्काउछौ तिमी

अत्मा साक्षी राखेर ,कसम खाको भन्थौ त
अतित भुलेर आज ,याद खुर्काउछौ तिमी

Monday, April 7, 2008

धेरै माया भए पछी पोखीदो रछ
पिडालुको गानो जस्तो कोकिदो रछ

रुप योबन सँग साटिएको माया
मुटु भरी बज्र सरी ठोकिदो रछ

हतारमा जोडीएको साइनोको भारी
जनम भरीको लागि बोकिदो रछ

घोच्ने र पोल्ने धेरै बाण चले पछी
आँफै भुलाउन मदिरा धोकिदो रछ

हन्डर ठक्कर खाएरै जिन्दगिमा
पिरतिको धेरै पाठ घोकिदो रछ

Saturday, April 5, 2008

मिल्छ भने अब ओठको छाप देउ प्यारी
बुन्न पर्‍यो माया मुटुको नाप देउ प्यारी

जन्ती लाबा लस्कर लगाइ आउँला लिन
लगन जुर्छ स्विकृतिको धाप देउ प्यारी

माइति आगन साघुरो हुन्छ चेलीलाई
सम्झाउदा पनि नभए टाप देउ प्यारी

धर्ना अनसन जे गरे पनि गर तिमी
बाबु आमालाई बिहेको चाप देउ प्यारी

तिम्रा हरेक इच्छा मेरा लक्ष्य हुने छन
जनम भरीको खुशी यो थाप देउ प्यारी
दिलको गहिराइ कती छ नापेर के भो र
चुहिएर बग्ने माया यस्तै थापेर के भो र

दुई दिन्को रामकाहानिमा कती सपना फुटे
अर्को मन्मा डुलेको फुल च्यापेर के भो र

क'ताट छिर्यो बादलको घेरो शिशिरको घाम्मा
छातीमा बल्या आगोको राप तापेर के भो र

बजार भरी हल्ला फिजाएर छापामा बेचिछौ
बिक्षिप्त भएर टुटेकालाई छापेर के भो र

कहिले कसो रुन्छौ रे अचेल मेरो माया सम्झी
जरै उखेली बोटमा पानी छ्यापेर के भो र

Wednesday, April 2, 2008

नाच्नै नजानेछी आगन टेडो हुदो रछ
मन नपरेछी देउता नि डेडो हुदो रछ

तिललाई पहाड बनाइ बखेडा गर्थेउ
नजर फेरेछी पहाड नि गेडो हुदो रछ

ताक छोप्ने खेलमा के नियम कानून भो र
आफ्नो नभएछी जो कोइ नि भेडो हुदो रछ

मौसम जस्तै छिनमै फेरिने माया भएछी
दिलको चौतारी मुटु सेक्ने छेडो हुदो रछ

मुटुको कुरा मुटुले नबुझे सम्म माया यो
बेबारिस जिन्दगी थिच्ने हतेडो हुदो रछ

Tuesday, April 1, 2008

पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका
बिदुरहरुजती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन ,
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी
दुई दिन्को खुशी हिनाइ नियती छली गयो
टेकोले नि थेग्न नसकी पिरती ढली गयो

आगोलाई छातीमा जानी नजानी टासिएछ
आसुले नि निभ्न नसकी मुटु नै बली गयो

गोडमेल प्रसस्त गरी माया रोपे भनेको
सामो मोथे झाङिएर नाभो नै फली दियो

चराएको दिलमा जरिबुटिको आशा थियो
दुखेको घाऊ भरी नून चुक नै मली गयो

रिसमा दन्किएको ज्वालाले के बाँकी राखथ्यो
हामी बिचको मायाको यो तुष नि बली गयो
बाटो भरी काडा छोपी फुल छरेछौ
मेरो सिउदो बदलेर अर्कै भरेछौ

पाइला बनी पच्छाउनु भुल थियो कि
मायामा अबमुल्यनको हल्ला गरेछौ

लहलह झुल्दा कती चरेउ दिल्को घारी
धित मरे पछी आज अन्तै चरेछौ

दु:ख: सुख साथ नछाडने प्रण थियो
गहिरोमा एक्लै छोडेर खोला तरेछौ

आँफै बालेको दियो आँफै निभाई किन
श्रदाको धरातल बाट तल झरेछौ