Saturday, April 26, 2008

ठुलो सपना छैन देख्या साथै दिए हुन्छ
जिन्दगी डोराउन सक्ने हातै दिए हुन्छ

दौडधुप धेरै भो अब शान्त मनले बरु
धेरैले कुलच्या फुल भन्दा पातै दिए हुन्छ

उचनिच कोही हुन्न कुलघरानले के गर्छ
दर्शन बाडन सक्ने जुन जातै दिए हुन्छ

रुखोसुखो आनन्द मनले निलौला बरु
घरको किचलो मिलाउने नातै दिए हुन्छ

बेमौशमको प्रहारले आजित भए अती
अशिना पानी थेग्न सक्ने छातै दिए हुन्छ

No comments: