Saturday, April 5, 2008

मिल्छ भने अब ओठको छाप देउ प्यारी
बुन्न पर्‍यो माया मुटुको नाप देउ प्यारी

जन्ती लाबा लस्कर लगाइ आउँला लिन
लगन जुर्छ स्विकृतिको धाप देउ प्यारी

माइति आगन साघुरो हुन्छ चेलीलाई
सम्झाउदा पनि नभए टाप देउ प्यारी

धर्ना अनसन जे गरे पनि गर तिमी
बाबु आमालाई बिहेको चाप देउ प्यारी

तिम्रा हरेक इच्छा मेरा लक्ष्य हुने छन
जनम भरीको खुशी यो थाप देउ प्यारी

No comments: