Saturday, April 26, 2008

हस्याङफस्याङ निकै देख्छु के को चटारो पर्‍यो नि
हतारां नसोची लाको माया कठै झटारो पर्‍यो नि

आर्का कुरा छुरा भयो बचन गला लाग्यो अहिले
मुन्टो बटारी के हुन्छ र ,मायै खटारो पर्‍यो नि

कागलाई बेल हर्श न बिस्मात ,शायद यस्तै भो
टोक्नु न बोक्नु भको पिरती, लहै अप्ठारो पर्‍यो नि

कुखुरे बैशमा कता चर्न ग्याथ्यो होश तिम्रो कुन्नी
असिरल्ल छरीई दु:खहरु, आँफै पसारो पर्‍यो नि

सुकोमल रुप कस्तरी बिरुप भएछ अचेल
जिन्दगीको भारले थिचेछ, बरै लछारो पर्‍यो नि

No comments: