Monday, March 30, 2015

किन ढाटनु! तिमी सित म फिदा छु
जे देख्छु भन्छु त्यै कसम म सिधा  छु

हेराइ हो या खिचाइ तानिन्छु म तेतै
पराइ या जे ठान मैले आफ्नै चिता छु

पुरा होस या नहोस कल्पी कल्पी
कोरा सपनामा केहि रंग मिसा छु

संकुचनको घेरा भित्र कति बस्छ्यौ
तिम्रा लागि पुरा आकाश फिजा छु