Thursday, December 29, 2016

यि हात सबल छन कसैको सामु कैले फैलाउन नपरोस
जति लाग्यो लाग्यो दाग यो जिन्दगी अब मैलाउन नपरोस

समयको गती सँग जति नै पछि परे पनि
मेरा खुशीका पलहरु ओईलिएर झरे पनि
मन भरि आँधी तुफान थुनेर राखेको धेरै भो
भात्किएका सपनाहरु तुनेर राखेको धेरै भो

चट्टान बनेको छु हावाको झोक्काले ढलाउन नसकोस
एकान्तमा चुहिने आँसुले मेरो लक्ष्य गलाउन नसकोस

तिमीले थिल्थिलाएको अस्मिता बिझाए पनि
अबिरल बग्ने आँसुले सिरानी भिजाए पनि
थामेर हत्केलामा जिन्दगी म हांस्न सिक्दै छु
जति बिझ्यौ बिझ्यौ अब मुटु बाट झिक्दै छु





   







Tuesday, December 13, 2016

न छ कुनै साँध सिमाना हामी बिचको यो नातामा
न लेखियो माया हिसाब गरि यो बही खातामा

पराइ थियो आफ्नो भयो मनको दुरी मेटिए पछि
दिलमा बस्छ फेरि उही आफ्नोपन भेटिए पछि
न सकियो रोक्न बाँधी. उडिजाने यो मनलाई
कति छ बाधा. न सकियो फुकाउन जीवनलाई

कल्पनामा उनिएका आकांक्षाका लहरमा
उस्कै यादमा घेरिन्छु हर पल हर प्रहरमा  
न सक्छु नाघी जान यो समाजको ति परीधि
न सक्छु रोक्न दिलको यो निर्दोष गतिबिधि