Sunday, November 23, 2014

कहाँ छ जिन्दगी जो म बाँचीरहेको छु
केछ मेरो आफ्नो फेरि साँचीरहेको छु

संगै जान्छ जाँदैन थाहा हुँदा हुँदै पनि
यती उती को औंला भाँची रेहेको छु

कस्को बसमा हुन्छ भोगाइहरु फेरि
जिन्दगीका पाना आँफै जाँचीरेहेको छु

नछ हद न सिमाना जिबन सँगीतको
फेरि कुन ताल भित्र नाचीरहेको छु  
 देश भरि घाम छिर्‍यो भन्छन ,चम्किएला कि नेपालको तस्बिर
बुढी आमाको आशिस लागोस ,नझुकोस कहिले नेपालीको शिर

देश लेख्ने मनहरु खोट फाली शुद्द बन
क्रोधले त देश बल्छ सके देखि बुद्द बन
माटो भरि भ्यांग परे तिम्ले टाल्नु पर्छ
देश बन्ने आयाम पनि तिम्ले थाल्नु पर्छ

उच निच जात धर्म भन्दा हुन्छ देश माथि
विश्व सामु नझुकेको हाम्रै नेपाली हो जाती
हातेमालो गर्दै बढौ मेची देखि महाकाली
छाप छोडोस सच्चाइको जहाँ पुग्छ नेपाली