Wednesday, February 13, 2013


हुने भए सारा संसार तिमीलाई नै दिन्थेँ म
तिम्रो लागि बेचिएरै सारा खुसी किन्थेँ म

भएर सधैँ रक्षक म  वरिपरि  रही तिम्रै
तिमी सामु आई पर्ने अड्चन बाधा छिन्थेँ म  

कहिले कतै चित्त दुखी झरी हालेछ भने नि  
मोती सरी जतन गरी सबै आँसु लिन्थेँ म

तिम्रो हुन नसके नि अझै मौका पाए भने
भात्किएका तिम्रा मन जगै देखि चिन्थेँ म

सुकोमल तिम्रा रूपमा दाग लाग्न न दिन बरु
फुल माथि तिम्लाई राखी  काँडा माथि हिन्थेँ म