Sunday, September 21, 2008

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा

लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा

कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा

छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा

कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा

Saturday, September 20, 2008

शिर बिसाउने काख पाइन जती थाके नि
थिर छैन प्रिया मन सुनै सुनले ढाके नि

लखतरान भई जब म तिमी सामु हुन्थे
अमृत छर्थेयौ तिमी खोले फाडो जे पाके नि

बिट फाटे टोपिको ,फेरा च्यातिए नी दौराको
हटेन कहिले त्या पुर्णिमा औसिले झाके नि

उचाई नाप्न नजाने,जती तन्काए नि धनु
झर्ला र कहिले तारा निशाना जती ताके पनि

सुनको पिजडामा कुजिई पैचो हाँस्नु परे
जानु छैन आफ्नो पन गुमे स्वोर्गैले डाके नि
फुटेको कर्म तग्न नि भाँचियो टुप्पो सियोको
मन्मै हुरी चलेसी निभेछ उज्यालो दियोको

बहेली खेली झुत्तियो घोर्ले बैश लहलह
दाँई गर्नै नपाइ मक्किएछ किलो मियोको

भरिएको बैश छल्किनु दोष हो कि जोश त्यो
आङगको भैंसी नदेखी गर्छ मेरो चियो को

मुटुको सोला कम पार्ने होला भनेर धाँए
गभको दह थापेर मदिरा भनी पियो को

गुरांस बनी फुलेथे, पलाँस भई झरेछु
मन्को दैलो खोलेर भैलो गाउँने थियो को

Thursday, September 18, 2008

ईतिहास खिया लाग्यो धार लगाउ भनेकै हो
लीलाममा परीन्छ कि पार लगाउ भनेकै हो

झिमिक्क गर्न हुन्न, सिङौरी खेल्दै बाली नास्छ
छिमेकिको डाम्ना रोक्न ,बार लगाउ भनेकै हो

झिङ्गे दाउ फोहोरिको,फुलमा रस नि जस नि
महुरिको मह मिठो ,घार लगाउ भनेकै हो

कहिले बाडी कैले पहिरो बिपती कती कती
कम्ताको फुको माटो ,झार लगाउ भनेकै हो

ग्रह दशा सबै यही,बुध्द मनमा क्रोध लुक्यो
सिमे भुमे भागउन ,खार लगाउ भनेकै हो

Saturday, September 13, 2008

मुसुक्क हाँसी सोध्यौ हजुर बिचार के छ
घाइते भए,हाँसो तिम्रो अचुक तिर रे छ

मनको मझेरी टेके पछी तेरो मेरो के
तन मन धन सबै तिम्रो,म सँग जे छ

शिर देखी पाउ सम्म हेर्छु,खोट न चोट
लाग्छ दैबले ,चाइने भन्दा बढी नै दे छ

अली पर पुगेथे, केही हराए झै लाग्यो
छामे मुटु,तिम्रै मुटुले ढुकढुकी ले छ

हर्षले झुम्छु,संसार भुल्छु अचेल किन
शायद तिम्रो ओठ,हाँसोको बोट भे छ

Friday, September 12, 2008

गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि

गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि

सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि

मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि

मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि

Thursday, September 11, 2008

सुन पानी छर्केर आए भन्यौ नकार्न नि सकिन
नजिक पर्दा अर्कै गन्ध आयो सकार्न नि सकिन

मनको मान चित्रमा साँध सिमाना कोरेर गयौ
अर्कै झन्डा थियो ,कानून मिची खकार्न नि सकिन

मुटु भरी दुख्यौ तिमी,अधमेरो बाँचे मरेर
मनको तुष झारेर दुनियाँ चकार्न नि सकिन

हतारमा निली फुर्सदमा पछुताइ के हुनथ्यो
घाँटी सम्म आएको अमिलो डाँकार्न नि सकिन

मैलिएर कताकता फैलियौ,उज्यालोमा टिकिनौ
आखिरीमा समर्पण देखायौ ,हकार्न नि सकिन

Sunday, September 7, 2008

राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे

राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे

आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे