Saturday, July 26, 2008

नियतिले छल गरी बिपत ओढायो
फुल झारी मन भरी सिस्नु गोडायो

जलपमा ध्यान गएन ,पहेलो देखियो
परख थेन पित्तल छानी सुन छोडायो

आफ्नो मन आफ्नो पन आँफै सोध्छ
कोइली र कागको नाता कस्ले जोडायो

आफ्नो माटो आफ्नो बाटो गनतब्य निरै
सोझो बाटो छेकेर कस्ले अन्तै मोडायो

बाँचेर जिउदै मरेकालाई सोध्नु के
गाम बेसी उम्रेका खुशी कस्ले टोडायो

Saturday, July 19, 2008

स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो
आत्मासम्मान यो उधारोमा टास्न लाज भो

बेसुरा लौ कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो

आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को
जालझेलको यो बिजय डांक बास्न लाज भो

प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच
बिकृतिको सगर जो नसकी भास्न लाज भो

खुकुरिको डोब अझै ताजै होला गोर्खालिको
पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो

Thursday, July 17, 2008

मुटु राख्न दिन पनि तिम्रो कुनै भर छैन
अडकि सक्यौ मन भरी नबिझी नि धैर छैन

मुटु बालेर उज्यालो खोजेछु तिम्रो मनमा
तेल सकियो रहरमा उज्यालोको कर छैन

तिमीलाई झेले देखी मनको बन्दी भाको छु
हुकुम शिरोपर गरे शरणमा 'तर' छैन

कुजो भा'छु पिजडामा पखेटा काटिए सरी
फटफटाएर भाग्न मन लुक्ने घर छैन

सहनुको सिमा नाघ्यो जुध्न आंट पुगेन
दिलको बास कब्जा भो बनबास पर छैन

Wednesday, July 16, 2008

यात्री, यात्रा भरी तिमी मुटु डुल्न आयौ
बेस्वाद थिए म चिनी भई घुल्न आयौ

ओईलिएकी थिए ,मैलाईएकी थिए
बेजान मुर्तिमा मन भई फुल्न आयौ

धिपधिपाएर अंधिमा कत्ती बल्थे र
अधेरो दिलमा चाद भई खुल्न आयौ

भोगीको भोग ,रोगिको रोग जे थिए म
मैलो थियो काख खुशी भई झुल्न आयौ

क्षेत बिक्षेत पारी लुटेको रुखो मन्मा
कताबाट बसन्तको लाली हुल्न आयौ

Monday, July 14, 2008

धुस्नो पारी खुद्यौ मन बाझो जिबन जिउन थाले
फाटेको खुशी कहाँ जोडीन्छ र किन सिउन थाले

हराइ सक्या छु आफ्नै घर ठाउमा एक्लो भए
मान्छेलाई मान्छे बिझ्यो आँफै भुली पिउन थाले

आगो निली छाती बाले धुवा फैलिएला भनेरै
चर्काइएको मुटुमा तिम्रो यादले लिउन थाले

मदशालाका मदिरा फगत पानी भए अचेल
शायद अब जहरले नपुग्ने भित्ती हुन थाले

मुटुमा कोरेको मेरो नाम खोइ कसरी मेटायौ
मनमा अल्झिएका झल्का मैले नि धुन थाले

Saturday, July 12, 2008

अङग अङग उदाङग रहेछ, हाबा भई छोइ दिउ कि
तरङगले भरङग भाको मन, तिमिमा फोइ दिउ कि

कस्तो उन्मुक्त माद नशाको कि जवानीको थियो
मिचिमिची भएभरका काउकुती जती धोइ दिउ कि

लठ्ठिएका थुप्रा आँखा भोका छन आहरा कतै नहुनु
तिम्रो कामुकतालाई जोगाउन पहरे होइ दिउ कि

हराए झै ,डराए झै किन हो यो फेरी लोकाचारी
आटे तिम्ले तिम्रा लागि बाघको दुध दोइ दिउ कि

तिम्रो हासोमा मन भरी लालिगुरास फुली दिए
हास सधैं तिमी,परे तिम्रो आशु मै रोइ दिउ कि