Tuesday, December 29, 2009

रुदैमा सकिएछ कि आँसु मेची काली नि सुकेको छ रे
रिनमा थिचिएर होला सगरमाथा नि झुकेको छ रे

आफ्नै गाउँ घर नि सुरक्षित छैन भन्छन आजभोलि
कुन बेला झम्टने हो है बहुला कुकुर फुकेको छ रे

भाषण बेच्नेहरु माटो दुखेको सुन्दा रहेनछन कि
चारैतिर मिचिएर सांध सिमाना देश दुखेको छ रे

सर्बभौम भई फैलिए पनि हिमाल पहाड तराइ
सापटिमा भित्रेको बिचारमा खाल्टा खुल्टी लुकेको छ रे

गर्जिदैमा बर्सिने भए हर बादलमा बर्षा हुन्थ्यो
मनसुन बिनाको गर्जन बिना बर्षा नै चुकेको छ रे

Wednesday, December 23, 2009

भन्नेले जे भनुन मैले जिन्दगी हारेको छु
छैन कतै कानुन दैलो दैलो म चारेको छु

हरा भरा धरा त शायद छैन मेरो भागमा
लाग्छ फुल भनेर अचेल सिस्नो सारेको छु

बाटो दुखेर हो कि हिडने ढंग नपुगेर
भड्किएको यो यात्रा नयन भरि झारेको छु

हर्रो बर्रो टर्रो के ,औषधी भनि दिए दिदाँ
नजाने पछि खान बोक्रै सम्म दारेको छु

मसलामा असला अहा! भन्दै जाल हालियो
खानु कि नखानु लौ भ्यागुतो पो पारेको छु

Saturday, December 19, 2009

पुष माघ तेस्तै भयो जेठ भए पनि तापिरहेछु
बारादान अभिसाप जान्दिन चुपचाप थापीरहेछु

अधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायो
उज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछु

फुकेका पेटका तर्किक निष्कर्ष कहिले निस्कन्छ
सुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछु

बाद प्रतिबाद घात प्रतिघात खेल्न सिकिदै छ
जिते पनि हारे पनि आँसु जित्ने खेल् अलापिरहेछु

मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायद
नचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु
काउकुती लाग्दो रैछ नछुदा नि तिम्रो त जिउलाई
पग्लिदा के दोष दिनु खै आगो अघी पर्या घिउलाई

ढल्की जाला जवानीको रुपरंग सजाइ दिन्छु आउ
पत्थरै पो भन्छन औठी भित्र नसजिए यिउलाई

हात देउ साथ दिन्छु जिबनका उकाली ओरालीमा
कसै गरी छाडदैन जसरी हिमालले हिउलाई

उजाड छ पतझड जिबन यो बसन्तको रहर भो
हराबरा मन फुल्छ छरे देखि दिलको बिउलाई

Sunday, December 13, 2009

आरामै त छु भन्नु पर्ला बाँचेकै छु म यहाँ
तिमीले भने जस्तै दिदी खुशी हुन्छ र कहाँ
कसो गरी कोरु म अब परदेशको कथा
दुखी रछु पल पल आफ्नै घर देश सम्झ्दा

रात दिन खट्टिनु पर्छ मिसिन सङै चली राछु
थाक्दा नि छैन आरम गोरु जस्तै जोती राछु
भिज्छ जिउ पसिनाले गल्छ हात गोडा पनि
कठै !भन्ने छैन कोही तिमी सम्झी रुन्छु अनि

आर्का देश अर्कै भेष अर्कै भाषा बोल्नु पर्दा
भित्रै देखी चित्त दुख्छ फिरङीले जब पेल्दा
बच्दैन दाम दिदी जती नै काम गरे पनि
कठै!भन्ने को छ यहाँ थाला परि मरे पनि

कमाइ धमाइ यस्तै हो जिबन धानेको छु
खप्परै अभागी रैछ कि यस्तै मानेको छु
न सुनको डल्ला मिल्यो न पाए बोट पैसैको
दुखै दु:ख जता पनि साथ मिल्दैन कसैको

बुढा बुढी भेटन पनि साइतै जुराउन पर्ने
कस्तो बेस्त जिबन हो आँफैलाई हराउन पर्ने
छोरा छोरी बेदेशी भए भाषा संस्क्रिती भुले
एग ईटनु भयो भन्छन नेपाली भाषामा बोले

कार चढेर के गर्नु उधारैको हो यो खेती
रिनमा बाँचेर ब्याजमा रुनु छ यहाँ कती
यस्तो लाग्छ दिदी आँफै नि अब बन्दकिमाछु
आश नगर पैसोको तिमी आँफै कंगाल भाछु

मनका बह सकिन्न अरु पछि सुनाउला
लेख्दै गर्नु पत्र पढेर आफुलाई भुलाउला

Saturday, December 12, 2009

सुस्त सुस्त बोल तिमी भित्ताले नि सुन्छ भन्छन
कुरा काटी खुशी हुने आफ्नै मान्छे हुन्छ भन्छन

मन भित्र मन पस्यो रोजाइ कै कुरा थियो हाम्रो
गल्ती के भो पशु पनि आफ्नी जोडी चुन्छ भन्छन

भरोसाको बजारमा विश्वाश नि बेचिन्छ अरे
मुटु सुन्ने मनले नै धेरै जाल बुन्छ भन्छन

जोड कट्टा जान्नु कसो पिरतीको हिसाबमा
मायामा त बरु मुटु मुटुले नै गुन्छ भन्छन

भर गर भनु भने आँट छैन भन्छ्यौ तिमी
डर लाग्छ माया गर्ने जिबन भरि रुन्छ भन्छन

Saturday, November 21, 2009

फलोस फुलोस भए जति मन्का रहरहरु
मजबुत बनुन सधैं बिचारका घरहरु

उमंग बोकि झुल्कियोस बिहानी हर पल
पोखियोस मुस्कानको लाली सदा निश्छल

शुभ होस शुभ सोच शुभ खोज शुभ लाभ
कामना गरे मैले बढोस् तिम्रो सधैं प्रभाब

खुशी बोकुन ओठले शान्ती बोकुन मनले
जिन्दगी सुकोमल होस खुलोस आफ्नै पनले

भोलि सधैं झल्मलियोस यही नै छ चाहना
शुभ होस् हरपल जन्मदिनको शुभ कामना

Tuesday, November 17, 2009

नामुद बैधे भए रे घाउमा छुरा घोप्नेहरु
साधु भएछन तिनै बुद्धको आँखा छोप्नेहरु

छानामा आगो फुकेर कस्तो उज्यालो मिल्छ कुन्नी
बिबेकी बने रे सुन्छु घरको जग कोप्नेहरु

आशै आशमा श्वास जान्छ कि भोग र रोग सँगै
भेटिन्छ को र भोको पेटमा अन्न रोप्नेहरु

छोपेर कहाँ छोपिन्छ संस्कार सुट र टाइमा
सभ्य भए त साच्चै चियामा केरा चोप्नेहरु


सपनाका महलमा झुटका बुट्टा खोप्नेहरु

Monday, November 16, 2009

कस्ले दु:खायो कुन्नी आज सिङो देशै रोको छ
छायो दुर्गतिको कालो सुन्छु औशिले छोको छ

धेरै महात्मा छन रे ,गेरु बस्त्रको अस्त्र बोक्ने
दर्शन बाँडनु परै, दिक्षा थाप्ने भाडै डोको छ

स्वाभिमान धितो राखी बेचेको पसिना रुन्छ
आखिर आफ्नै माटो कती पसिनाको भोको छ

बारुद भित्र शान्ती रोपिन्छ भन्छन यहाँ त
बिधी नि कस्तो पूजाको बुद्ध रगतले धोको छ

शान्त सुन्दर धरा दुर्घन्धमा छ कठैबरा!
फाल्नु पर्ने त प्रदुषित बिचारको पोको छ

Sunday, November 8, 2009

एक चिम्टी सिन्दुर के छरेयौ दासी भन्छ्यौ
धित मर्यो शायद तेसैले त बासी भन्छ्यौ

शंका भए मनमा लंका रोकिन्न कसै गरि
अझै छ्यौ मुटु भरी फेरि माया मासी भन्छ्यौ

दुख्दा पल पल म,हाँस्छ्यौ तिमी हर पल
हद तिमी नाघ्छ्यौ मैले माया नासी भन्छ्यौ

बुहार्तन कस्तो यो खोटो तिमी खोट मेरो रे
छल छाम थिएन अरु सँग हाँसी भन्छ्यौ

पशु हुँ कि कैदी म,परिभाषा तिम्रो के जानु ?
बोल्यो कि कोही सित अन्तै नाता गाँसी भन्छ्यौ

Saturday, October 31, 2009

हिड्ने कुर्ची माथी जड्या मान्छे
मातेर के भो माथि चढ्या मान्छे

गिदी किन चाहियो नाम किन्न
म त यसै नि मान वढ्या मान्छे

डर त लाग्छ ढलिन्छ कि भनी
भर के पर्नु टेकोमा अढ्या मान्छे

खडा छु ,कडा छु साथ दर्हो छ
नत्र किन उठथे म लड्या मान्छे

चम्काइदिए चम्के आखिर
म धेरैले आँखा गढ्या मान्छे

Thursday, October 29, 2009

राम राम
छल छाम

यता उता
पायो हाम

माड लाउ
खोइ काम

खल्ती छाम्यो
छैन दाम

जता गयो
लामै लाम

गर्ब थियो
देशको नाम

आज हेर्यो
जामै जाम

शान्ती फुल्ने
मेरो गाम

अधेरो भो
तेही ठाम

डस्यो कस्ले
निलडाम
धेरै टाउका
भिन्न दाउका

डर र त्रास
तिनै हाउका

अनेक चाल
एकै पाउका

उही सामान
बेग्लै भाउका

गरीब चुस्नु
धर्म साउका

ग्रह र दशा
केतु राहुका

Wednesday, October 28, 2009

नसोध मलाई किन म रक्सिमा झुलेको छु
मुटुमा लागेको घाऊ यसैमा त भुलेको छु

म दुखे पनि दु:खाउन्न तिमीलाई बाचा भो
आखिर माया लाग्छ नशा नशामा घुलेको छु

परचक्री सरी भएछु वास्ता पास्ता केही हुन्न
डुल्न त तिम्रो म मन मुटु सबै डुलेको छु

जुवा तिमीले खेल्यौ दाउ चाँही मेरो थापियो
अस्तित्ब बाँकी छैन जुवामा जो सुलेको छु

बेहोश बाँच्नु छ होशमा तिम्रो यादले थिच्छ
चिसिएर फुल्नु भन्दा पिएरै म फुलेको छु

Tuesday, October 27, 2009

आच्छु !नझडकाल भिज्या केस चिसो लाग्छ फेरि
अंग अंग उदाङगै छाडे मनले के के माग्छ फेरि

मन्द मुस्कान पोख्छ्यौ झन झन कर्के नजर हेरी
पापी हुन्छ भन्छन मन मन्मै के के पाक्छ फेरि

रुजेकी छ्यौ भिजेकी छेयौ मादक चालमा नबढ अगि
थुमथुमाउ कसोरी म भित्रको पुरुष जाग्छ फेरि

छोए बात लाग्ने हेरे माद लाग्ने नलोभ्याउ तिमी
कोल्टे फेर्दा फेर्दै कल्पनामै मेरो निद भाग्छ फेरि

रुप शिल यसै राम्रो फिजाउछ्यौ कामुक हेराइ अझै
बहकिए भने कतै मनले त के के ताक्छ फेरि

Sunday, October 25, 2009

रमिते भए मान्छे प्रभू तिमीलाई जप्न पर्‍यो
आफ्नोले आफ्नै ढाले प्रभू चोट त यो खप्न पर्‍यो

गनायो फेरि मानसिक फोहोर टाउकाभरि
बेकार देख्छु संयन्त्र नै दुर्गन्ध थप्न पर्‍यो

उम्रिन्छ काँडा अंग भरि धरो हुन्न लाज ढाक्ने
जाडोमा यस्तै गर्मिको यो घाम चाँही तप्न पर्‍यो

बिबेक पैचो कस्ले दिने खडेरी छ बिचारमा
रुवाइ माटो रगतमा यि पसिना हप्न पर्‍यो

बलियाको बोली हतियार निर्धा त कठैबरा !
उपाय छैन भोक दुख्छ पापी पेट कोप्न पर्‍यो

Wednesday, October 21, 2009

मुस्कानमा अर्कै अर्थ मुखले हुन्न भन्छ्यौ
ढेपिएर आँफै आउछ्यौ फेरि छुन्न भन्छयौ

प्यासी प्यासी देखी रछु चुलबुले नयन ती
को हुन्छ त्रिप्त प्रेम रसले फेरि टुन्न भन्छयौ

बन्दी भाछु मन भरि उम्की जाउ अब कहाँ
पासोमा पारेर जन्दिन जाल बुन्न भन्छ्यौ

के सपना के बिपना सबै तिम्रा कैद छन
मन पन सबै थुनेर फेरि थुन्न भन्छ्यौ

नखरा नपार भो मुटु दुख्छ जिस्कदा पनि
मेनका तिमी फेरि सुर्पन्खा चुन्न भन्छयौ

Thursday, October 15, 2009

आखिर त्यही भयो पित्तलमा सुन दल्नु भो
टलक थियो थेन जलपको भरमा छल्नु भो

उज्यालो छर्न नि पिधँमा पुगी सक्यो तेल
धिपधिप गरेर फेरि किन आँफै बल्नु भो

हुकुमको एक्का हपिए चल्ने आँट कसको
खेलाडी मसुर हजुर कत्रो चाल चल्नु भो

बर्तमान थर्कमान हुन्छ जो सित भने
पत्ताउ कसरी,हल्लै रछ हजुर गल्नु भो

रेफ्री आफ्नै मैदान आफ्नै खेलको कुरा न हो
छेक्ने कसले? बल नै हजुरले जो भल्नु भो

Sunday, October 11, 2009

त्यो कस्तो मोड थियो र मेरो तस्बिर बनायौ
भूल के गरे मैले फेरि तिम्ले मसी खनायौ

न अल्झाए न बल्झाए बस मनमा सजाए
मेरो मुटु कुल्चेर फेरि कुन खुशी जनायौ

आँसुमा लत्पतिए आज यादका बुँदहरु
थोपाथोपा प्यास चुसी कुन तृप्‍ति मनायौ

जितेर झुक्यौ कि हारेर रंग त उडेछ नि
छारो उडने नै भो आखिर आंङ जो कनायौ

प्रक्रितीको उनुपम रूप सौन्दर्यकी मल्लिका
फुलको सुबास फैलिन्थ्यो आज किन गनायौ

Saturday, October 10, 2009

आनन्दले सीमै नाघ्छ तिम्रो नाम्मा केही फुर्दा पनि
संगीत नि फिका लाग्छ आज भोली तिम्ले घुर्दा पनि

बाटो बिराइ झरेकी परी हौ की तिमी त स्वर्ग की
सौन्दर्यमा को लुब्ध हुदैन र? परे उठछ मुर्दा पनि

झरी हुरी या टन्टलापुर घाम नजर बिच्छी रहे
आशा त्यो आहा!कति मिठो तिमीलाई त कुर्दा पनि

बात लाग्यो हातमा थियो पिउनु की ओकल्नु भयो
कस्तो भाग्य तेसै फर्किए मदशाला जुर्दा पनि

कैदी मुटु बन्द मन सोचमा खिया,यस्तै बाँचे
आँट कहाँ खोतलेर हेर्न तिम्ले मन पुर्दा पनि
चर्की चर्की छाती दुखे नि तिमी सँग रिसाको छैन
चाखी हेर चिनी भनेर नून कतै मिसाको छैन

मन दिदा घाऊ दियौ कि? सोची हेर पुराना पल
भारी जति भए पनि ती, याद मैले बिसाको छैन

मुटु घोच्छ अतित पोल्छ जिउदै म मरितुल्य छु
बिझे पनि मायालाई त्यो,काडाँ भनि घिसाको छैन

निभेको हो या निभाको हो बेमानी त्यो चलेर हुरी
बल्छ की त फेरि भनेर मन्को चुलो चिसाको छैन

न पोखेर सकियो माया आँखाबाट तिम्रा यादमा
ढोका खुलै छ आउ मनबाट माया पिसाको छैन

Tuesday, September 22, 2009

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

Tuesday, September 15, 2009

म त जिन्दगि हारी सकेको मान्छे खुशी जित्न कहाँ सक्छु
खडेरीले सुकी राछु आफै तिमीलाई सिच्न कहाँ सक्छु

Sunday, September 13, 2009

दरो छैन भन्छन चिप्लेला पाउ हजुरको
हार्दा नि जित हुने हुन त दाउ हजुरको

बहाबको धार बुझी खियाउनु आँफै अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको

कुन सपना छर्नु भो घाम नपुग्या गाममा
चर्चाको शिखरमा पुगेछ हाउ हजुरको

प्रभूको कृपा हजुरको भक्ती तथास्तु भो कि
आजभोली वढ्या छ सर्बत्र भाउ हजुरको

कोठामा बसी छाना जलाउनु हुन्न लैलैमा
जले पछि दुख्दैन र आफ्नै घाउ हजुरको
दु:खमा बगे नि खुशीको भने आँसुको रंग थिएन
उधारोमा हाँसे चर्केथ्यो मुटु खुशी म संग थिएन

ढुकढुकी र मुटुको समायोजन भो भन ठानेथे
धडकनै खोस्यौ मुटु चलेर के भो उमंग थिएन

छेपारोको रंग चढेन चेपारोको शिप नि थिएन
मनको बोल्नु गल्ती थियो कि बोलिमा ढंग थिएन

घात प्रतिघातको शिखर चढन नैतीकताले छेक्यो
बिबेक बन्धकिमा राख भन्यौ स्वाभिमान दंग थिएन

आगो र पानीको काहानी शुरुवात बिनै अन्त हुन्छ
होशमा छु आगो छुन मनको तरंग भंग थिएन

Friday, September 11, 2009

यस्तो लाग्छ धडकन सुन भन्नेले नै मुटु थुन्छन
भरोसाको के कुरा भो राम भन्नेले नै छुरा उन्छन

'रे' 'अरे' कति उडछन कान भर्न कान फुक्न
हल्ला पछि उडने 'रे'को अर्थ हजार हुन्छन

मुटु तिम्रो चाल मेरो यती नै रहेछ शायद
न आउ नजिक कसैले आँखको बोली सुन्छन

न शिलालेख न तामपत्र कसरी पढनु चेहरा
पराइ त पराइ भए आफन्त नै जाल बुन्छन

विश्वाशको धागो चुडेछी आस्थाको सियो के काम
जोडदा जोडदै फाट्या छाती खोइ केले तुन्छन

Friday, September 4, 2009

तिमीले छोयौ कसो कसो जिउमा ताप बढ्यो
अंग अंग तरङ भो नशा नशामा चाप बढ्यो

नशालु नजर भरी तिमी पोखियौ सुस्तरी
मुखले राम भने पनि मनमा पाप बढ्यो

बन्द ओठ मन्द मुस्कान अरु के चाहियो र
मुटुमा पुष कठ्याङ्रिदा नि जिउमा राप बढ्यो

मनमा मन मिलाउन मन राजी थियो मेरो
दिल्को ढोका खोल्नु अघी सिउदोको छाप बढ्यो

रुप यौबनको तेजले शायद अन्धो थिए
समथलै देखिछु टेक्न के खोजे धाप बढ्यो

Sunday, August 16, 2009

राजनीतिको खेलमा दुई दुना चार हुन्न क्यारे
जनता सधैं घटाऊमा नेता बेस्त गुन्न क्यारे

भोग रोगमा कोलाहाल रुवाबासी देश भरी
कानमा ठेडी जाकिएछ कि छाडे सुन्न क्यारे

गन्हाउदा गन्हाउदै पनि कस्तो बिबशता हो यो
नाक थुनेरै भए नि छाडेनौ फोहोरै चुन्न क्यारे

एक मुठी बिपना दिए हुन्थ्यो भोग मेटन
थेग्नै हम्मे भो होड छ फेरि सपनै बुन्न क्यारे

कुपोषनले सुकेको शरीरमा रगत के होला
जातै उडुसको जती चुसे नि हुन्न टुन्न क्यारे

Sunday, August 9, 2009

तिम्रै नजर त हुन घरि घरी मलाई छेक्छन
छुनै हुन्न नखरै ठुलो भन्छ्यौ अरुले देख्छन

फुक्दैन डोरो मायाको मनले मनलाई बेरे'सी
दिल्को पढने गर नानु लेख्नेले त के के लेख्छन

माया बङ्याउनेले हल्ला छरे के लछार्लन र खै
बाँङगो मन हिडनेहरु नै त यहाँ बाँङगो टेक्छन

मौका छोपी बाटो कुर्लान तिम्रो रुप खेल्न कती
जे पल्टिए पनि जुहारेलाई के पासा त फेक्छन

आँट कस दुख सुख साथ हिड्छु हरपल म
लुलो भए भरोसा जिन्दगीको भार के थेग्छन

Tuesday, July 21, 2009

थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो

देखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायद
भाग्यले पनि यही अभागीलाई नै छली नै रह्यो

जुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बार
तिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्यो

अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो

मुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किन
रोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो

Thursday, July 9, 2009

दुखेर रोयौ कि दुखाउन रोयौ भन्न म सक्तिन
कती झरे थोपा आँसुका तिम्रा गन्न म सक्तिन

छिन छिनमा खुशी बिझी जिन्दगी झस्केको छ मेरो
तिमीले के के देख्छ्यौ सपनाहरु बन्न म सक्तिन

प्वालै प्वाल छ चाल्ना सरि खुशी थाप्ने भाँडो भरि
मन भरिको प्रसब बेदनाहरु कन्न म सक्तिन

पिरै पिरको भिर चढि कुन गन्तब्य पुगिएला
चढन सकिन्न भनी पहाड खन्न म सक्तिन

Tuesday, July 7, 2009

एउटा बुद्ध चाहियो भन्छ मलाई मेरो माटो
बोलाम कसो गरि जताततै बन्द भाछ बाटो

पसिनाको थोपाले लेख भन्छ ईतिहास फेरि
कसरी लेख्नु बारुद छ कलममा मसीको साटो

जपतपको आरध्य जगमा गौतम बुद्ध बने
हाँस्छ अचेल सिस्नो सित तेही तपोभूमिको पाटो

सदभाबको लाली गुराँस फुल्यो भन्थे पाखामा
के फुल्थ्यो अझै लथपथिएको रैछ रगतको टाटो

एउटा सबालले घोची रहन्छ अस्मिता माथि
बहादुर बादुर भयौ अब हामी बाठो कि लाटो

Monday, July 6, 2009

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु

Saturday, July 4, 2009

तिम्रो हेराइमा लाग्थ्यो मायाको अनुराग थियो
खोतलेर हेर्दा देखे त्यहाँ त दागै दाग थियो

समयको भेलमा मेल भो मन्मा आश पलायो
मुटु तिम्रो होस स्पन्दन मेरो यही माग थियो

बाटो एउटै यात्रा एउटै भाग्यको कुरा हो कि
तिमीले फुल पायौ काँडै काँडा मेरो भाग थियो

तिम्रो मनको बस्ती भरि फुल फुल्थे कती थरी
मुर्झायौ कि अचेल तिम्री मन बेजान बाग थियो

Thursday, July 2, 2009

तिम्रो प्रतिक्षामा आतुर यि दुई जोडी आँखामा
रम्दैन मन गुराँसै गुँरास फुले नि पाखामा

हिरा मोती सबै छोडि तिमी सामु आउ भन्छु
स्वर्ग नि चाहिन्न शिर बिसाउन पाँउ काखामा

सपना जपना तिम्रै तर्कना के भो अचेल यो
मन सार्न पाए हुनथ्यो तिम्रो दिलको शाखामा

लजाको हो कि राता गाला पारी तिमी ओठ टोक्छ्यौ
नखुले नि ति ओठ धेरै बोल्यौ नजरको भाखामा

मन पनि पन पनि मनको पारीधिमा बस्छ्यौ
बिछिटटै राम्रो हेरी रहू लाग्छ चौबन्दी ढाकामा

Wednesday, July 1, 2009

जती देउ चोट भए जती खप्छु
तिमी हाँस बरु आँसु म नै थप्छु

हार जीत दुबै तिमिलाई भयो
जित्नु छैन बाजी ठुलै दाउ हप्छु

तिमी सँग पाको उधारो त्यो खुशी
सम्झी सम्झी फेरि तिम्रै माला जप्छु

रात रात जागा सधैं याद ताजा
बेबारिस भाछु जहाँ पनि झप्छु

तिम्रो मिठो श्पर्श भुलु कसो गरी
त्यो पल साक्षी भो तिम्रै लागि तप्छु

Thursday, June 25, 2009

तिम्रो साथ छुटे देखि जिन्दगी यो कालो भयो
सम्झी फेरि ति दिन पुरानो घाऊ आलो भयो

बिस्मातका रेखा गुजुल्टी मनलाई जेली दियो
लाग्छ हाम्रो प्रेम पथ माकुराको जालो भयो

सफा सुकिलो सध्दे जे देखिए पनि यथार्थमा
हाम्रो सम्बन्ध मक्काइ सकेको टालो भयो

पग्लिने नौनी होइन संग्लिने पानी होइन
यो मन आशै आशले भरिएको डालो भयो

न समाउन सक्छु बिगत न भुल्न सक्छु
बह फुकाइ डाको छोडने अब पालो भयो

Tuesday, June 23, 2009

मायामा के मिसायौ तिम्ले,आर्कै गन्ध आको हो कि
आफ्नो भाखा बिर्सी फेरी तिम्ले अर्कै गीत गाको हो कि

न अटाउन सक्छु न हटाउन सक्छु कस्तो माया
यस्तो लाग्छ पूर्व जन्मको तिम्रो ऋण खाको हो कि

अनिर्णयको बन्धी भएकोछु,नजिक छेयौ कि टाढा
लोलोपोतो यता मिलाई अन्तै माया लाको हो कि

फुल भनि चुमे काँडा बनी बिझ्यौ भोगाइको कुरा
छल्की खस्छ आसु तिमीबाट उपहार पाको हो कि

सिउदै थिए म जिन्दगी उधार्दै रैछ्यौ तिमी चाँही
शिल्प पुगेन या भनु फेशन पुरानो भाको हो कि
तिम्रो मेरो उध्रिएको साईनो जोडने सियो छ कि
अध्यारोमा डुब्या बेला बलिदिने कतै दियो छ कि

मुटु भरी घात प्रतीघात पाकी सकेछ अब त
खुदेर मेरा दु:ख झारी दिने कतै मियो छ कि

खुशी थाप्दा जिन्दगी हारे थापु भने दु:खै दु:ख छ
भाग्यको पासा पल्टाउन सक्ने कतै तियो छ कि

भङालोमा परेको छु हारगुहार मागे तिमी सँग
लुते हात त थर्थरायो अब कतै बलियो छ कि

Wednesday, May 27, 2009

तिम्रो र मेरो मायाको घेरो कसरी भएछ टेडो र मेडो
कसरी कोरियो कर्मको रेखो कि भो हेर्ने आँखा त्यो डेडो

सुदामा थिए कनिका दिए धन बैबभ तेही थ्यो मेरो
चढाउ म के खोजेर फेरि नथापे हुन्थ्यो बरु यो बखेडो

दिलको बस्ती लगाइ गस्ती तपाउछु भनि जलायौ मुटु
तप्केर आशु थुनियो सबै बग्न सकेन छातीको गल्छेडो

मुटुमा थिए मनमा थिए ध्याजा फाटेछ बिश्वासमा
चर्केको छाती मर्केको पाउ दुख्दा दुख्दै हान्यौ हतेडो

प्रभुमा झुक्यौ पैचोमा हाँस्यौ बिबेक छैन बैबभ खोज्यौ
उठेको शिर नझुकोस फेरि लैलैमा हिडी भएर भेडो

Saturday, May 23, 2009

तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भनथ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भनथ्यो

विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भनथ्यो

जर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भनथ्यो

पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भनथ्यो

दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भनथ्यो

राहतको अनुभुती के गरेथे झल्यास ब्युझे
कस्तो देखेछु सपना बिक्रिती फाल्छु भनथ्यो

Sunday, May 17, 2009

पित्तल पनि सुनै लाग्छ तिम्रो रुपमा चढे पछि
के के हुन्छ यो मन भरि तिम्रो नजर गढे पछि

अल्झाउने मुस्कान पोख्यौ बल्झी मुटु कता लड्यो
उठथ्यो मुटु फेरि किन तिम्रो हाँसोमा लडे पछि

तेज बध भए सरह तुजुक सबै लुत्री जान्छ
रणभुलमा पर्छु आँफै तिम्रो कदम बढे पछि

भाग्यशाली ठान्ते आफ्लाई तिम्रो सिउँदो भर्न पाए
शिरवन्दी कती खुल्ला तिम्रो शिरमा जडे पछि

बिन्ती हजुर एक चोटि दिलको ढोका खोली देउ
टुसाउदो हो आशा फेरि दिल्को हरफ पढे पछि

Friday, May 8, 2009

छिमेकिको डाम्ना छाडा भो रे प्रिय बार लगाउ
पहरे नि निन्द्रामा छन रे काँडे तार लगाउ

तिम्रो अस्मिता धराप छ रे, कसरी जोगाउछौ
कुनियतले बढे कोही भने, सिस्नो झार लगाउ

बाजे बाराजुले झुक्न सिकाको छैन,नझुक्नु कतै
स्वाभिमानमा आँच आए खुकुरिमा धार लगाउ

आई लाग्नेलाई जाइ नलागे, थिच्नेले थिच्छ नै
निर्धो नै हेपिन्छ सधैं, नभन प्रभु पार लगाउ

कुरुप भा छ रे बस्ती फोहोरीहरुको दोहोरिमा
दुर्गन्धमा कता जच्छ र भनु सिंगार लगाउ

Wednesday, May 6, 2009

मुर्झाइ सके फुलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन

पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो छान्न पनि जाली छैन

बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन

धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त ओत लाग्ने पाली छैन

झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन

सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन

Friday, April 24, 2009

मैले लाको माया तिम्ले झूठो ठान्यौ कि
तानी फाल्यौ चुरोटको ठूटो ठान्यौ कि

चाखी चाखी स्वाद लिन बानी थिएन
मलाई पनि तिमी जस्तै जुठो ठान्यौ कि

दिलको राजा भन्थ्यौ आज बैरी भए कि
छि:छि दुर धेरै गर्यौ लुतो ठान्यौ कि

मुटु जोडी मन टोद्यौ दुख्दो रैछ छाती
पिसिएर खेरा जाने ढुटो ठान्यौ कि

मैले छुदाँ शितल हुन्थ्यौ आज के भो
भत भत पोल्ने सिस्नोको बुटो ठान्यौ कि

Wednesday, April 22, 2009

छल्के आँसु तिम्रो यादमा अबिरल थिए गति
पोखिन्न रहेछ पिडा नत्र पोखे आँखामा कति

अधुरो छु मधुरो छु चली रछ हुरी मन्भरी
निभ्छ भने निभोस जिन्दगी यो,छैन माया रति

तिमी बिझ्यौ कलेजिमा बाहिर देख्छ कस्ले घाऊ
सुम्सुमाई रहेछु चिनो भनि, दुख्दा दुख्दै अति

क्षेत बिक्षेत छ मन अझै घोच्का तपर्का कति
शासन तिम्रो आसन मेरो कस्तो भो सहमती

भाग्यलाई दोष दिउ कि कर्म खोटो भनु फेरि
भनेर के हुन्छ भोग्नै पर्छ दैबको नियती

Monday, April 20, 2009

पुरानो हिसाबको लेखा छैन अब म सित
हारेको छु मुटु तिरु कसरी ब्याज सहित

आकुल थियौ कि आतुर तिमी,प्यास मेटायौ
पिउथ्यौ किन र फेरि मरी सके पछि धित

तिमीले सिन्दुर जित्यौ मैले सिँउदो हारेछु
खेलाडी तिमी खेल तिम्रो भएछ तिम्रै जित

तिमी फुल्यौ म झरे,कुल्चाईको पिडा कति थ्यो
कुल्चने हाँस्नु किचिने रुनु दुनियाँकै रित

मन दुख्छ शब्द फुक्छ,भाखा पुग्दैन लुक्छ
कस्ले सुन्छ गहिरी यो संगीत बिनाको गीत

Saturday, April 18, 2009

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे

स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे

जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे

साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे

गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे
न याद यो धुनै सकियो ,न याद यो रुनै सकियो
लाग्छ अब त मेरो जिन्दगीको छेउ कुनै सकियो

सम्झनाको आँधिमा कती डुब्यौ छटपटी कती भो
बिलायौ शुन्यमा,अन्तिम घडी न साथ हुनै सकियो

दुर थिए खुशी किन्न खोइ के के किने तिम्रो लागि
तिमी हारी कमा'को खुशीको गाँठो न फुनै सकियो

परेलिमा बग्छन यादका धुमिल बिम्ब पोखिएर
समेटी बिरह गाउँन पिरतिको धूनै सकियो

उर्जा छैन तनमा ,बाँच्न कुनै इच्छा छैन मनमा
बिस्तारै छायो अधेरो शायद मेरो त जुनै सकियो

Thursday, April 16, 2009

कस्को कुरा सुन्यौ हल्लाको आधार हुन्न
भन्नेले के भन्छन को सक्छ मुख थुन्न

छाडनु नै थियो त बाहाना किन फेरी
थाहा थिएन सिपालु रैछौ जाल बुन्न

बेली नभए चमेली तिमीलाई के भो
मेरो भाग्य कहाँ तिमी जस्तै छानी चुन्न

निराधार हल्लामा थियो बिटुलो ठान्यौ
तिम्रै थिए म त सकिनौ मनको सुन्न

छाती पग्ली बग्दा आँखा तिमी मौन थियौ
कहाँ जान्यौ तिम्ले मुटु यो मनले गुन्न

Wednesday, April 15, 2009

तिमीलाई हेर्दै अघी बढेथे ठेस लाग्यो
उठाउन आयौ लडे पनि बेस लाग्यो

त्यो जिउडाल र चालमा नहोला को बेहाल
बाटो बिराइ आयौ कि परीकै भेष लाग्यो

एक से एक छन शिर देखि पाउ राम्रा
अझै गुलाबी गालाको खाल्टो बिशेष लाग्यो

गिजिएर गालामा केसराशी सलबलिए
अझ राम्रो तिम्रो त्यो रेशमी केस लाग्यो

टोलाए लोलाए तिम्रा स्पर्शमा संसार पाए
तिमी गए पछि तेही ठाउँ परदेश लाग्यो

Sunday, April 12, 2009

तिम्रो मुस्कानमा के छ सबै कुरा फिका भए
नजर के परे तिम्रा मेरा घाऊ निका भए

खोइ के लेखे बेसुरमा तिमीलाई देखे देखि
खुल्थ्यो भाब तिमीनै दिल्को लिपिमा डिका भए

जुनातारा लजाउछन रे पुर्णिमामा पनि
सितारा झल्किएको त्यो निधारको टिका भए

बिधिको अनुपम श्रीजना खोट न चोट कही
शिर देखि पाउ सम्म केही पो कमिका भए

हर परिक्षाको सामना मन्जूर छ मलाई
तिम्रो दिल सम्म पुग्ने कुनै तरिका भए

Saturday, April 11, 2009

समझदारिमा छाको मन्दी हटेर जावोस
आपसी तिक्तताको तुँवालो फटेर जावोस

आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस

रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस

कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस

शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस

Sunday, April 5, 2009

तक्दिरको तस्बिर आफ्नै आँखाले देखिने भए
दु:ख को लेखथ्यो मनले चाहेको लेखिने भए

कदम कदम जिन्दगी दुख्छ खुशी फुटेर यहाँ
उकालो ओरालो केले छेक्थ्यो हबामा टेकिने भए

बिधिको बिधान न मेटिन्छ न छेकिन्छ कतै
घाम नि लुक्दो हो नत्र बादलले छेकिने भए

पापको भय नपर्ने भए देउता को पुज्थ्यो
शान्त हुन्थे सबै यहाँ आँफै मानो सेकिने भए

दुनियाँमा को छ पिर ताप मुक्त मान्छे यहाँ
कस्ले बोकथ्यो बोझ नत्र सजिलै फेकिने भए

Friday, March 27, 2009

तिमीले कोरेको घाऊ न आँशुले धुन सके
सम्झेर तिम्लाई न धक फोएर रुन सके


मनै चडाए बिधी मिलेन कि थिती पूजाको
बिडम्बना तिम्ले पुज्ने न त्यो ढुङ्गा हुन सके

चर्केको मुटु उपहार पा'थे थाप्नु नै पर्‍यो
बिझाउने भएछ तस्बिर तिम्रो न छुन सके


बाँकी के भो र आन्द्रा भुँडी दोयौ आखिर
टोडी विश्वाश तिम्रो न मैले मन दुन सके

सही गल्तिको ज्ञान कहाँ कसी लाउन पनि
पित्तलमा जलप दली बेर्थै किन सुन सके

Monday, March 23, 2009

एक्लै जस्तो लाग्छ किन तिमी साथ हुँदा पनि
काउकुती लाग्न छाड्यो अंग अंग छुदा पनि

आँफै दुखेको छु फुकु म कसरी ओठ भरी
छाती भित्रै सुकेछन झर्दैन आँसु रुदा पनि

तनाब ग्रस्त सोचमा हित अहितका के कुरा
टिका टिप्पणीमा अल्झियो मनका बुदा पनि

काँती भो दिल पिर सन्ताप थुप्री थुप्री अझ
निख्रिएन मन्का बोझ दली दली धुदा पनि

भरंग भ'का तरंग लहरिदै कता पुगे
बाँकी रैछ अझै तुस मन्को बह फुदा पनि

Saturday, March 21, 2009

कती ठोक्यौ माथा तिम्ले कहिले बोलेन ढुङ्गाको देउता
धोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा

सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्न
कहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ता

हिजो भिजेको आँसुले आज नबगायोस फेरी तिम्रो
खुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ता

उचाइ दिन नसके नि गिराउने थिन यि नजरबाट
कसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ता

फुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिका
यता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उता

Tuesday, March 10, 2009

तिमीले बुझ पचाइ अबुझ मलाई बनायौ
छारो त उडयो जब आंङ तिमीले कनायौ

वारी पारी केके च्याखे थाप्यौ फेरी आजभोलि
नजितेको बाजी कसरी जिती खुशी मनायौ

सुंगुरलाई स्वर्ग के अर्थ स्वभाबको कुरो
अत्तरले मत्थर के गर्थ्यो भित्र भित्र गनायौ

सतिले सरापेको हो कि कलि नै बौलाको यो
तिम्रो नै भलो चिताए दोष मलाई खनायौ

देब रुप धारी तान्डब नाच्यौ आराधानामा
नियतिमा खोट रछ आखिर जात जनायौ

Wednesday, March 4, 2009

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछी भेटदा तिम्रो ओठ थरथरायो

तिम्रो प्रेम माग हो कि अनुरागको दाग
काँडा रैछ तिम्रो मनमा मुटु दरफरायो

नजर नजरमै नजर बोली मन घोल्थेयौ
खाटा बसेको घाऊ बल्झी फेरी परपरायो

फुल जस्तो सुकोमोल म्रिगको जस्तो नयन
त्यो नयनमा किन आज आगो भरभरायो

Friday, February 27, 2009

मुख बुझो लाउनु कस्को भन्नेले के के भन्छन
काम नहुनेको के कुरा दिउसै तारा गन्छन

बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन

हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन

बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन

निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन

Thursday, February 26, 2009

मेरा यि आँसुका धारा भाबिले लेखेको भन्छन
गल्ती के थ्यो मेरो बाटो दैबले छेकेको भन्छन

तिमी बिलायौ धूवाँमा खरानी भयो खुशी मेरो
उधारोमा हांस्दा पनि टाउकोमा टेकेको भन्छन

उमेरैमा पुछिएको सिँउदो सुम्सुमाएको के थे
चुरिफुरी भो रे यो कलिमा के देखेको भन्छन

फुल हुँ म नि त्यै बगैचाको त्यसरी नै फुलेको
रंग उड्यो कि देबतामा नचढि फेकेको भन्छन

कहिले बाँझी कहिले टोकुवा आरोप नि कती
उ जुनिको पापले यो पुर्पुरो सेकेको भन्छन

Sunday, February 15, 2009

हात सेक्नु तिमी कतै म बलिछु भने
मुढा भनी टेक्नु कतै म ढलिछु भने

रातमा निद छैन बातमा तुक छैन
आश्चर्य नमान्नु बेहोसिमा चलिछु भने

काँडाका जिँझा सफा भएकै जाती होला
न नीभाउनु भैगो कतै जलिछु भने

नजर झुकाएर हिडन नपर्ला म सित
ठीक्क भो भन्नु थलिएर गलीछु भने

मानसिक सन्तुलनको के भर भो र
कठै!नभन्नु भो रुखमा फलिछु भने
खोइ आजभोलि किन हो नि तिमी भाउ खोज्छयौ
नजिक हुनै हुन्न खाली उम्कने दाउ खोज्छ्यौ

पग्लिएर निखार आको अन्धो आँखामा जचेन
हिरा मोती देखिनौ तब पो कोरा धाउ खोज्छ्यौ

पाखुरिको भरोसा थेन कि परख थेन चिन्न
धमिल्यो कि मन,धन लादिएको पाउ खोज्छ्यौ

भूगोलको धरातलमा खिचिएको थेन यो मन
सिमाना तोकी फेरी भाग्न कुन नाउ खोज्छ्यौ

परीकारको कस्तो बिचित्र परीकल्पना आम्मै!
भुटनु रहेछ यही मुटु र पो त ताउ खोज्छ्यौ

Sunday, February 8, 2009

टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन
पछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन

मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनु
भिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिन

उडान उची थियो कता पुग्यौ मलाई थाहा भएन
बज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन

अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागि
मनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन

चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगे
जिबन हारी सक्दा पनि झूट भनी मानेको थिन

बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले नि
आगमन होला कि भनी मुटुको किल्ला बानेको थिन Read

Monday, February 2, 2009

बल्ल तल्ल पुरिएको घाऊ फेरी अब नदुखाउ भो
मुटु गाँठै परे परोस बरु छाड भैगो नफुकाउ भो

बग्या खोला फर्किदैन,रेट्या मुटु जोडीदैन पनि
भैगो गल्ती सबै माफ भए नजर नझुकाउ भो

अलिअली हराइछौ ,कता कता डराइछौ आजभोलि
उधारोमा जेलिएको मन त्यो हाँसोमा नलुकाउ भो

छाती भरी दुखिछ्यौ रुन पनि नसकी नसकी
मनको बोझ बगाउला कि आँखैमा नसुकाउ भो

एक्लै बाँच्न सिके अब पिडा जलन छुन्न मलाई
उमठिन्छ मुटु फेरी श्रदाको कुरा नउठाउ भो

Saturday, January 31, 2009

अचम्म लाग्छ सुन्दा यो सृस्‍टि त ब्रमाजी को अरे
श्वासनी नै नभा बुढाले यात्रा जायजन्म कसरी गरे
बैरागी पनि कती बुढा नकाटी कहिले जुंगा र दारी
पत्त्याउछ कस्ले यस्तालाई बिचरा भए ब्रमचारी
बिष्णुको त के कुरा कपटी जाली झेली छली
आर्काको श्वासनी ताक्ने कहाँ सम्मको खली
रिसाइन होली लक्ष्मी पनि लघारिछिन आखिर
छ फुट जग्गा नि मिलेन लाग्नु पर्‍यो समुन्द्र तिर
जहिले पनि बेसुरा महादेबको झन के कुरा
लाज शरम पचेका गजडी खान्छन भाँग धतुरा
पार्वती नि कस्ती कुलत छाड भन्न नसक्नी
सिको सिकेर यिन्कै ट्यापे भए बच्चा अब के भन्नि
मधु र कैटबको शरीरले कही प्रिथ्बी बन्छ त
बिज्ञान धोती लगाउदै स्वोस्थानी यही भन्छ त
३३ करोड छोरी रे बिरनीको पत्त्याउनु नि कसरी
दुइटैले त वाक्क पार्छन तेत्रालाई पाल्नु नि कसरी
कती समय लाग्यो होला ३३ करोड जन्माउन
कठै !बिरणी कती सकस पर्‍यो होला हुर्काउन
कस्ता फन्टुस दक्ष प्रजापती गरे यो त अती
परिवार नियोजन गर नभन्ने श्रीमती नि कस्ती
मयलबाट गणेश ,गोबरबाट गोमा जन्मी भनिन्छ
थाहा छैन र हामीलाई मान्छे कसरी जन्मिन्छ
अनौठो लाग्छ सुन्दा नि गणेश र कुमार कसरी जन्मे
कोखबाट नजन्माए पछी पार्वतीलाई आमा कसरी भन्ने
चाइल्ड अब्युज किन लागेन महादेबलाई म छक्क पर्छु
नबालिका गोमा भित्राउदा सबै चुप म त पक्क पर्छु
राम्री देख्नै नहुने किराती तरुनीको पछी भाग्नेलाई
डिबोर्स धन्न दि नछिन पार्वतीले अरु ताक्नेलाई
शिव भट्ट र सती ब्रमणिको दोष के थियो
धेरै धर्म नगर भनी सबधान गरेको हो कि यो
उरबसी अप्सरा तिलोतम्माका बिलासी ईन्द्रका के कुरा
चाकडी गर्न सिकाए उनैले मान्छे जाबो हाम्रा त के कुरा

Wednesday, January 28, 2009

अन्जान मै कता छोइयो तिमी झस्कियौ
गाली खाइने डर थियो तिमी मस्कियौ

होश हवास गुम भो मेरो वाक्य फुटेन
कर्के नजर सँग सँगै मुस्कान पस्कियौ

ईशारा नै काफी थियो ,म त पक्क परे
नबुझेको भन्ठानेर होकी तिमी ठस्कियौ

छक्क बक्क परीछु ,केही भन्न नसकी
दाल गल्ने नदेखेरै होकी तिमी लस्कियौ

त्यो हाँसोले,त्यो नजरले पच्छाइ रह्यो
मन भरी सम्झी सम्झी फेरि चस्कियौ

Monday, January 26, 2009

मेरो माटो रोइरहेछ
यो माटो,मेरो माटो
ईतिहास साक्षी छ
न झुक्न जान्यो ,न लुक्न जान्यो
न भाग्न जान्यो ,न थाक्न जान्यो
बरु स्वाभिमानमा धावा बोल्ने माथि
खुकुरीको धारले बारुदलाई टुक्राएर
चन्द्र सुर्य धोजाको शान बढाउदै
बीरताको ईतिहास रच्न जान्यो
तेस्तै
शान्ती र सह अस्तित्व ज्योति बाली
संसार भरी बुद्ध फिजाएर
सदभाब र भाईचाराको सन्देश बोकेर
शान्तिको ध्वनी फुक्न जान्यो
तर तेही माटो आज
कहिले टायरको बिसाक्त धूवामा अमील्लेर
कहिले फोहोर र दुर्गन्ध किचिएर
निरन्तर निसासिरहेछ ,छटपट्टी रहेछ
"सुन्दर शान्त बिशाल"को खोल पनि
बारुदको छिट्टामा उछिट्टिएर
छिया छिया भै क्षत बिक्षेत भईरहेछ
यहाँ आजका स्वघोषित बिदुरहरु
सकुनी सँग काँधमा काँध मिलाई
निष्ठा र नितिका व्याख्या गर्दै
कहिले तराइ दुखाइ रहेछन
कहिले पहाड दुखाइ रहेछन

आफ्नो उचाई आँफै गिराइ
छानो बालेर मानो सेकाउनेहरु
आँगन खानेर भँडार पुर्नेहरु
कहिले सिन्दुर पुछेर कहिले ममता खुदेर
आफ्नै बिचारको संरचना पनि भत्काइ रहेछन
तेस्तै
सुधारिएको दाबी गर्ने दुर्योधन
संयमताको उदाहरण दिदै
जिर्ण र थोत्रा बिचार धोएर
बिबेकको जलप टल्काइ रहेछन
अनी
साधना बिनाको भक्तहरु
मन्दिर बिनाका पूजारिहरु
बिद्वानको पगरी गुथी
दिग्भ्रमित दर्शन बाँडिरहेछन
चेतना निभेर हो कि
बिबेक गुमेर हो कि
जतिय भेद ,रंगिय भेद
लिंगिय भेद ,धार्मिक भेद
भेदै भेदैमा रंमगिएको
अभाबका अक्रान्त ज्वालाहरु
निभाउनुको साटो दन्काएर
गाली र तालिको खेल खेली रहेछन
अर्का तिर
दाबिले पेट र ख्याउटे अनुहार
कुपोषणमा रन्किएको मुहार
भत्किएका झिना सपना बुन्दै
अस्ताइ सकेको आशाको किरण
हल्लै हल्लाको बस्ती भित्र खोजी रहेछन

खिचातानी र हानाहानीको खेलमा
सदभाबको बिर्को कस्ले थुनीदियो
मार्गदर्शनको बाटो कस्ले भत्काइदियो
आफ्नै घर परदेश भए सरी
बिट फाटेको टोपी भित्र
अस्ताउन लागेको स्वाभिमान छेकी रहेछन
अब त लाग्छ
पसिना माग्ने मेरो माटो
रगतको आहालमा डुबेर
श्रम रोज्ने मेरो माटो
हतियारको धारमा रेटिएर
रोइ रहेछ ,रोइ रहेछ
हुन त
आफ्नो अस्तित्व हराको बेला
सगरमाथाको उधारो शानलाई
बिस्व मानचित्रमा उचालेर
आफ्नो परिचय सिउरिन सक्नु पनि कसरी र?
बारुदको धूवा भित्र बुद्धत्व खोज्दै
कोलाहल र चित्कार छिचोली छिचोली
शान्तिको छरपस्ट धुमिल किरण
संसारको कुनाकुना फिज्न सक्नु पनि कसरी र ?
फेरी
कहिले जातिय बिभेदको पर्खालले छेकेर
कहिले भेष र भुषाको तगारोले बेरेर
कहिले माटोको अंशबन्डा खोजेर
कहिले बाटो भरी आफ्नै हातले काँडा छरेर
नौलो बिहानिलाई मिर फाँट भन्न सक्नु पनि कसरी र ?
तेसैले होस्टे भन्दा हैसे भन्नेहरु
मेची दुख्दा महाकाली रुनेहरु
आज खोइ के भयो
जथ्था जथ्था भई ,हुल हुल भई
ईशाराका पाइलाहरु चाल्दै छन
शक्ती र भक्तिको खेल खेल्दै छन
अब त यस्तो लाग्दै छ
स्वयमभूका आँखले पनि अन्याय सहन जानेको छ
पशुपति नाथले पनि त्रिनेत्र थुन्न थालेको छ
कतै कसैको सहारा नपाए पछी
माटो हो दुखे रुन्छ ,रोइरहेछ
माटो हो खुदे रुन्छ,रोइरहेछ
नरो भन्ने को नै बाँकी भए र यहाँ
यो माटो ईतिहास सम्झेर रोइरहेछ
बर्तमान दुखेर रोइरहेछ
भबिष्य सोचेर रोइरहेछ

Monday, January 19, 2009

बैशले ढल्किएको जवानी दुई बित्ताले छेकेर के हुन्छ र ?
बरु नलुकाएकै जाती ति अंग कसैले देखेर के हुन्छ र ?

छडके नजर लचकलचक चाल लाग्छ म त भएछु बेहाल
लठ्ठी सकेकोछु तिम्रो रुपमा फेरी जाल फेकेर के हुन्छ र ?

नामर्द नि मर्द बन्ला म त उमेरको पाको परे त् के भो
बुडौतीमा झडका लाग्यो अब फेरी लौरो टेकेर के हुन्छ र ?

तिम्रा मुस्कान अघी के मोल बेजान गीत गजलका अचेल
तिम्रो चाल र यौबनको छाल शेरमा लेखेर के हुन्छ र ?

ओल्टे कोल्टे कती फेर्नु निद बैरी भो आज भोली लाग्छ यस्तै
तिमीलाई देखे देखी भोकै कहाँ अब रोटी सेकेर के हुन्छ र ?

Sunday, January 18, 2009

भरियो सिउंदो तिम्रो जब बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पडदै थिएँ

तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ

बारामाला तिम्रो हातमा मेरो गलामा भार थियो
तिमी चड्यौ डोली म जिउँदै चितामा चडदै थिएँ

गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ