Monday, March 23, 2009

एक्लै जस्तो लाग्छ किन तिमी साथ हुँदा पनि
काउकुती लाग्न छाड्यो अंग अंग छुदा पनि

आँफै दुखेको छु फुकु म कसरी ओठ भरी
छाती भित्रै सुकेछन झर्दैन आँसु रुदा पनि

तनाब ग्रस्त सोचमा हित अहितका के कुरा
टिका टिप्पणीमा अल्झियो मनका बुदा पनि

काँती भो दिल पिर सन्ताप थुप्री थुप्री अझ
निख्रिएन मन्का बोझ दली दली धुदा पनि

भरंग भ'का तरंग लहरिदै कता पुगे
बाँकी रैछ अझै तुस मन्को बह फुदा पनि

No comments: