तिमीले बुझ पचाइ अबुझ मलाई बनायौ
छारो त उडयो जब आंङ तिमीले कनायौ
वारी पारी केके च्याखे थाप्यौ फेरी आजभोलि
नजितेको बाजी कसरी जिती खुशी मनायौ
सुंगुरलाई स्वर्ग के अर्थ स्वभाबको कुरो
अत्तरले मत्थर के गर्थ्यो भित्र भित्र गनायौ
सतिले सरापेको हो कि कलि नै बौलाको यो
तिम्रो नै भलो चिताए दोष मलाई खनायौ
देब रुप धारी तान्डब नाच्यौ आराधानामा
नियतिमा खोट रछ आखिर जात जनायौ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment