Tuesday, September 22, 2009

झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भो खुशी निभेको आउ उषा लाली पोती

पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती

सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती

भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी

खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती

Tuesday, September 15, 2009

म त जिन्दगि हारी सकेको मान्छे खुशी जित्न कहाँ सक्छु
खडेरीले सुकी राछु आफै तिमीलाई सिच्न कहाँ सक्छु

Sunday, September 13, 2009

दरो छैन भन्छन चिप्लेला पाउ हजुरको
हार्दा नि जित हुने हुन त दाउ हजुरको

बहाबको धार बुझी खियाउनु आँफै अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको

कुन सपना छर्नु भो घाम नपुग्या गाममा
चर्चाको शिखरमा पुगेछ हाउ हजुरको

प्रभूको कृपा हजुरको भक्ती तथास्तु भो कि
आजभोली वढ्या छ सर्बत्र भाउ हजुरको

कोठामा बसी छाना जलाउनु हुन्न लैलैमा
जले पछि दुख्दैन र आफ्नै घाउ हजुरको
दु:खमा बगे नि खुशीको भने आँसुको रंग थिएन
उधारोमा हाँसे चर्केथ्यो मुटु खुशी म संग थिएन

ढुकढुकी र मुटुको समायोजन भो भन ठानेथे
धडकनै खोस्यौ मुटु चलेर के भो उमंग थिएन

छेपारोको रंग चढेन चेपारोको शिप नि थिएन
मनको बोल्नु गल्ती थियो कि बोलिमा ढंग थिएन

घात प्रतिघातको शिखर चढन नैतीकताले छेक्यो
बिबेक बन्धकिमा राख भन्यौ स्वाभिमान दंग थिएन

आगो र पानीको काहानी शुरुवात बिनै अन्त हुन्छ
होशमा छु आगो छुन मनको तरंग भंग थिएन

Friday, September 11, 2009

यस्तो लाग्छ धडकन सुन भन्नेले नै मुटु थुन्छन
भरोसाको के कुरा भो राम भन्नेले नै छुरा उन्छन

'रे' 'अरे' कति उडछन कान भर्न कान फुक्न
हल्ला पछि उडने 'रे'को अर्थ हजार हुन्छन

मुटु तिम्रो चाल मेरो यती नै रहेछ शायद
न आउ नजिक कसैले आँखको बोली सुन्छन

न शिलालेख न तामपत्र कसरी पढनु चेहरा
पराइ त पराइ भए आफन्त नै जाल बुन्छन

विश्वाशको धागो चुडेछी आस्थाको सियो के काम
जोडदा जोडदै फाट्या छाती खोइ केले तुन्छन

Friday, September 4, 2009

तिमीले छोयौ कसो कसो जिउमा ताप बढ्यो
अंग अंग तरङ भो नशा नशामा चाप बढ्यो

नशालु नजर भरी तिमी पोखियौ सुस्तरी
मुखले राम भने पनि मनमा पाप बढ्यो

बन्द ओठ मन्द मुस्कान अरु के चाहियो र
मुटुमा पुष कठ्याङ्रिदा नि जिउमा राप बढ्यो

मनमा मन मिलाउन मन राजी थियो मेरो
दिल्को ढोका खोल्नु अघी सिउदोको छाप बढ्यो

रुप यौबनको तेजले शायद अन्धो थिए
समथलै देखिछु टेक्न के खोजे धाप बढ्यो