Saturday, March 24, 2012

तिम्लाई नि म जस्तै पूरानो यादले सताउदैन कि ?
बगेका यि आँखाले केही नि तिम्लाई बताउदैन कि ?

धडकन साक्षी होलान अझै,सुनी हेर तिमी आँफै
अन्तर मनले आफ्नो भनी कतै हक जताउदैन कि ?

रोमन्चित भै उडछन तिमी सित साटेका ति रातहरु
सम्झेर कहिले कसो तिम्लाई ति साथले तताउदैन कि ?

रोम रोम मातिन्छ भन्थ्यौ काउकुती थियो रे हेराइमा
हेराइ उही छ अझै आँखामा अचेल मताउदैन कि ?

Thursday, March 15, 2012

जे गरे नि गर,तिमीलाई खुलेआम छुटछ
मैले त गर्नै हुन्न गरे लाखौं सबाल उठछ

बिम्ब प्रतिबिम्ब देख्न सकिएन जिबनको
नत्र किन टुक्रा टुक्रा भई शिशा झै फुटछ

घात प्रतिघात खेल्न सकिएन तिमी जस्तै
तिनै घात आज धाबा बोल्न एक भै जुटछ

उदासी बैचनी अभिन्न अंग भा'छ अचेल
बांच्नै पर्दो रैछ जति जिन्दगीले चुटछ चुटछ