Tuesday, March 29, 2011

पहिलो भेटमा नै नजर कसो कसो चार भो
हाँसोमा कस्तो थ्यो जादु मुटु मेरो आरपार भो

हाबाको झक्का झै आयौ गयौ के भयो यो मलाई
बेकाबु भो मन हालत नै यस्तो मेरो हार भो

Sunday, March 27, 2011

छल्काएर आँखा भरी खुशी किन झार्‍यौ भन
संसारै पो जित्छु भन्थ्यौ अब केके हार्‍यौ भन

बाँझो हुँदा तर्की दियौ डुबानमा छु दर्कीदियौ
निस्सिदा म, अरु कस कसलाई तार्‍यौ भन

मन मुटु मिले पनि शंका पसे लंका डड्छ
भत्काएर आफ्नो घर कता डेरा सार्‍यौ भन

भाग्यमा नै ठेस लाग्यो जिन्दगी त लड्ने नै भो
साहाराको खाँचो हुँदा अन्तै कता चार्‍यौ भन


घाम हुँदा छाँया थिए तिम्रो सधैं दाँया थिए
बहकीयौ कि आँफैले किन आँफै मार्‍यौ भन

Friday, March 25, 2011

अलिकती खुशी हार्दा आसु किन झार्‍यौ भन
जिन्दगी नै जिते भन्थ्यौ अहिले के हार्‍यौ भन

साहाराको खाँचो थियो डुबानमा पर्दै थिए
मेरो हात छाडी अरु कसलाई तार्‍यौ भन


भत्काएर मेरो घर कता डेरा सार्‍यौ भन

Monday, March 14, 2011

आज फेरि किन किन छाती चर्के जस्तो छ
आँखाबाट बाडी आयो झरी दर्के जस्तो छ

जहाँ जान्छु लरखराउछु आजभोलि म
किन होला मैले टेक्ने धर्ती थर्के जस्तो छ

बाँझो भयो तिमी बिना मेरो जवानी पनि
माया खडेरीमा पर्‍यो मन तर्के जस्तो छ

Wednesday, March 2, 2011

तिम्रो याद आँखा भरि पो छल्कियो
निभ्ला भन्यो जल्या मुटु झनै सल्कियो

बिर्सु भन्छु पुराना पलहरु
झन उर्लिन्छ आसुका भलहरु
रोकिएन
घतै घात बिझेको यो छाती
चस्की चस्की दुख्छ झन राती

हासी हासी गरेका छलहरु
बिथोल्छन मनका हलहरु
सकिएन

लेख्न नपाई सकियो यो जिन्दगी
भर्न नपाई पोखियो यो जिन्दगी
आसै आसको ति लाशहरु
हेर्दा हेर्दै जलेका आशहरु
निभिदेन