Sunday, March 27, 2011

छल्काएर आँखा भरी खुशी किन झार्‍यौ भन
संसारै पो जित्छु भन्थ्यौ अब केके हार्‍यौ भन

बाँझो हुँदा तर्की दियौ डुबानमा छु दर्कीदियौ
निस्सिदा म, अरु कस कसलाई तार्‍यौ भन

मन मुटु मिले पनि शंका पसे लंका डड्छ
भत्काएर आफ्नो घर कता डेरा सार्‍यौ भन

भाग्यमा नै ठेस लाग्यो जिन्दगी त लड्ने नै भो
साहाराको खाँचो हुँदा अन्तै कता चार्‍यौ भन


घाम हुँदा छाँया थिए तिम्रो सधैं दाँया थिए
बहकीयौ कि आँफैले किन आँफै मार्‍यौ भन

No comments: