Wednesday, December 26, 2012


जोहो गर्नु थियो छाकको ओछ्यान पनि गरम गरे
धर्म पाप जानिन मैले खोइ कस्तो करम गरे

भडकिएको थिए धेरै मजबुरी थ्यो मेरो नि
कति उर्ले आँधी तुफान अलिकती नरम गरे

पाप पुण्य थाहा छैन मन्दिर मुर्ती यही मेरो
तरिका फरक फरक होला मैले मेरो धरम गरे

सज्जिन त मन हुन्छ नांगिने छ रहर कहाँ
जल्छ कहाँ चुल्हो मेरो अरु जस्तै शरम गरे

Wednesday, November 7, 2012

सोचे जस्तो हुँदो हो त


सोचे जस्तो हुँदो हो त आर्का किन हुन पर्थ्यो
तिम्रै हुन्थे होला आज सम्झी किन रुन पर्थ्यो

जिन्दगी नै अँधेरो छ भाग्यको नै कुरो हो कि
नत्र मेरो भाग्मा पनि अलिकती जुन पर्थ्यो

बिझेँ पनि दुखे पनि भोग्नै पर्दो रैछ जिबन    
रोजाइ नै हुँदो हो त किन काँढा छुन पर्थ्यो

मन्को सुने मन्ले गुने गल्ती भो हिसाबमा    
दौलतमै जोख्या भए बरु हात्मा सुन पर्थ्यो




Wednesday, October 10, 2012

संगै संगै थियौ हामी'


संगै संगै थियौ हामी' तर पनि दुरी थियो
मन्मै रहे कुराहरु , बोलुँ  मजबुरी थियो

निभ्न निभ्न लाग्या जस्तो धिपधिपे दिपशिखा
बलोस भनी कति छेक्नु बेजोडको हुरी थियो

फुलको कथा थियो काँढा बने म शायद त्याहाँ
असहज भो काहानी म हटनु जरुरी थियो

बिना मेघ बर्षा घनघोर किन भयो कुन्नी  
डुब्दै थिए म माझिको उता चुरिफुरी थियो

Wednesday, October 3, 2012

gajal



तिमीलाई देखे पछि रंगिन त्यो रात याद आयो
उतिखेरै छाती जल्यो अनी फेरि घात याद आयो

बिचलन हुँदा खेरि ढाडस दि सुम्सुमाउदै
रसाएका मेरा आँखा पुछिदिने हात याद आयो

छुन खोज्दा परपर लाडिएर भागे झै गर्थ्यौ तिमी
गिजिएर फिजिएका मिठामिठा बात याद आयो

टोलाएर म हराको बेलाँ आँखा छोपिछोपी फेरि
अनयासै त्यो ओठले छापेको सौगात याद आयो

हेराइमा तिम्रो कती उन्माद थ्यो अनुरागको
पिए बिनै चढेको त्यो हल्का हल्का मात याद आयो

Saturday, August 25, 2012


एउटा मान्छे यस्तो मिलोस मेरो आँसु रुन सक्ने
बताए बिनै मनका कुरा मन बाटै छुन सक्ने

रहरहरु भात्किरैछन लंगडो भा'छ जिबन यो
लडखडाइ उठन खोज्दा मेरो साथ हुन सक्ने

धडकन कहाँ सुन्दा रैछन् मुटु खेल्ने हरुले त
अनुरागमा दागै दाग भो चाइयो सबै धुन सक्ने

छटपटी छ कती मनमा देख्छ कस्ले भित्री घाऊ
आखिर कोही त होस मेरो मन्को बह फुन सक्ने

धिपधिपाइ कती बलोस निभेको छ मेरो भाग्य
मलाई ज्योति दिने को होला आफ्नै भागको जुन सक्ने  

Wednesday, April 18, 2012

मनै त हो मेरो पनि सधैं कहाँ सादु हुन सक्छु
नाआउ एकान्तमा कहिले कसो बेकाबु हुन सक्छु

तिम्रा चन्चल नयनहरुले जब जब गिजाउछन
तिम्रो महक पबनहरुले जहाँ जहाँ फिजाउछन
बहकिएर मदहोशिमा मेरो होशै उडाउन नि सक्छ
देउता होइन आखिर म धर्य डगमगाउन सक्छ

मुटु नै हो मेरो पनि कसै सामु धडकिन सक्छ
नपोख लजालु मुस्कान दिल भित्र अडकिन सक्छ

तिम्रा रसिला ओठहरुले जब जब गुनगुनाउछन
मन भित्र कता कता बैशका माद भुन्भुनाउछन
न झिम्काउ आँखा नशा नशामा चाप बढन सक्छ
पिउनै कहाँ पर्छ नपिउदा पनि माद चढन सक्छ

Saturday, March 24, 2012

तिम्लाई नि म जस्तै पूरानो यादले सताउदैन कि ?
बगेका यि आँखाले केही नि तिम्लाई बताउदैन कि ?

धडकन साक्षी होलान अझै,सुनी हेर तिमी आँफै
अन्तर मनले आफ्नो भनी कतै हक जताउदैन कि ?

रोमन्चित भै उडछन तिमी सित साटेका ति रातहरु
सम्झेर कहिले कसो तिम्लाई ति साथले तताउदैन कि ?

रोम रोम मातिन्छ भन्थ्यौ काउकुती थियो रे हेराइमा
हेराइ उही छ अझै आँखामा अचेल मताउदैन कि ?

Thursday, March 15, 2012

जे गरे नि गर,तिमीलाई खुलेआम छुटछ
मैले त गर्नै हुन्न गरे लाखौं सबाल उठछ

बिम्ब प्रतिबिम्ब देख्न सकिएन जिबनको
नत्र किन टुक्रा टुक्रा भई शिशा झै फुटछ

घात प्रतिघात खेल्न सकिएन तिमी जस्तै
तिनै घात आज धाबा बोल्न एक भै जुटछ

उदासी बैचनी अभिन्न अंग भा'छ अचेल
बांच्नै पर्दो रैछ जति जिन्दगीले चुटछ चुटछ

Monday, February 27, 2012

पक्कै पनि छैन होला तिम्रो, मेरो जस्तो जीबन
महँगो बाँच्या छ्यौरे तिमी,मेरो पोत सस्तो जीबन

एकै चोटि थाल्या यात्रा बाटो फरक पर्‍यो क्यारे
तिम्रो चाँही चडदो रैछ मेरो चाँही खस्तो जीबन

कती सोचे यसो गर्छु उसो गर्छु के के गर्छु
सोच्दा सोच्दै एक पछि अर्को गर्दै फस्तो जीबन

तिम्रो आधार
पहेलिएर बढन नसकेको डस्तो जीबन

Sunday, February 26, 2012

टुहुरो जस्तो लाग्छ अचेल मेची काली पनि
चुपचाप सहन्छ बिचरो !आर्काको गाली पनि

रोपार तेस्तै बोक्से तेस्तै हाहाकार छ पानीको
कुन्ताको बर्षा सक्दैन थेग्न चिरा पर्‍या छ आली पनि

न पढन सकिन्छ चेहरा ,न गन्ध छ बोलिमा
नचिने पछी आफ्नै लाग्छ फटाहा जाली पनि

आँफै बक्सी आँफै धामी डम्फुको ताल नि आफ्नै
चर्को लाग्छ चटकिको खेलमा बज्ने ताली पनि

के को सोच अपसोच के को मुर्खहरुलाई
सम्म नै हुने भो नहिडे'छि उकाली ओराली पनि
तिम्रो यादमा बग्ने आँसु नि प्यारो लाग्छ निष्ठुरी
दुखे पनि मुटुमै छ्यौ झिक्न गार्हो लाग्छ निष्ठुरी

मुटु मेरो धडकन तिम्रो यसरी नै चलोस भन्थ्यौ
तिमीले साटेका बाचा सबै छारो लाग्छ निष्ठुरी

के दिन राती चर्किन्छ छाती देख्छ र कस्ले घाऊ
तिमी बिनाको जिन्दगी नै अध्यारो लाग्छ निष्ठुरी

तिम्रो मायामा धार थियो कि टुक्रा टुक्रा भयो मन
त्यसैले माया हाँसी हाँसी चिर्ने आरो लाग्छ निष्ठुरी

Thursday, January 26, 2012

तिमीले छोडेर गए पछि पनि म शायद उस्तै छु
फरक यती नै हो पहिले हाँस्थे अहिले आँसु पुस्तैछु

नाफा नोक्सानको खेल रहेनछ माया पिरती
आँफै अबमुल्यन भए छि जिबनको हिसाब बुझ्दैछु