Sunday, February 26, 2012

तिम्रो यादमा बग्ने आँसु नि प्यारो लाग्छ निष्ठुरी
दुखे पनि मुटुमै छ्यौ झिक्न गार्हो लाग्छ निष्ठुरी

मुटु मेरो धडकन तिम्रो यसरी नै चलोस भन्थ्यौ
तिमीले साटेका बाचा सबै छारो लाग्छ निष्ठुरी

के दिन राती चर्किन्छ छाती देख्छ र कस्ले घाऊ
तिमी बिनाको जिन्दगी नै अध्यारो लाग्छ निष्ठुरी

तिम्रो मायामा धार थियो कि टुक्रा टुक्रा भयो मन
त्यसैले माया हाँसी हाँसी चिर्ने आरो लाग्छ निष्ठुरी

No comments: