Saturday, August 6, 2022

 जव गर्‍यो तिम्ले नजरको हमला

बज्न थाल्यो दिल्मा सारङि तबला 


धढकन बढ्यो हल्का नशा चढ्यो 

मनै हलचल पार्ने के छ तिम्रो कला 


नसके मन् खोल्न नत सके बोल्न 

अबरुद्द भयो सुक्यो मेरो गला 


चुरिफुरी हो कि जवानीको रंग  

भद्रतामा पनि थियो चन्चलता 


भाग्यमानी हुन्थे म नि तिमी सित 

थप्न पाए देखि पिरतिको तला

 सिथिल र सुसुक्त अनुराग पनि 

तिम्रो आभसको उर्जाबाट 

खोइ कस्तो सन्जिबिनी पाउछ 

र पलाउछन मुनाहरु 

जिर्ण मनका कापाहरुबाट 


तिम्रा ओठका कम्पनबाट 

निस्कने मिठासको स्वादमा 

जीवनको उत्सर्ग पिएर 

एक झुल्को रहर 

किन खोज्छन बाँच्न 


तिम्रा नयनबाट निस्केका

शालीन तरंगले 

किन हलचल लेराउछ 

मेरा भावशून्य

अभिप्शा माथि 


प्रिय शालिनता 

तिम्रा शान्त र कोमलताको 

आलंगनले 

जबर्जस्ती थुनेका मनको बांध  

किन भात्काउन खोज्छ 

रत 

डर लाग्छ घरी घरी 

कतै आरोपित हुन पर्छ कि 

मनको अदालतमा 

फेरि मलाई 

ब्यभिचारको 


त्यसैले म अचेल चट्टानको

अभिनय गर्दैछु 

नौनीमा पत्थरको जलप घसेर 

र मन्चन हुँदैछ 

आदर्शको ढोंग

 दोब्रिएका कलमका निबबाट 

जबर्जस्ती कोरिने अक्षर जस्तै    

मेरो देशको कविता लेख्ने मसी पनि 

अचेल यस्तै कलममा भरिएको छ 

र जबर्जस्ती लेखिँदै छ 

छन्द नमिलेको कविता जस्तै         

देशको स्वदेश गान 


कहिले चर्को कहिले मधुरो 

लय भंग

बेसुर धून भरिएको संगीत जस्तै

आश्वसन लयहरूले 

टट्याएका छन् अचेल कानहरू


खोइ कहिले लेखिन्छन् 

अनवरत सद्भावका कविताहरू

निव नभाचिँएका कलमले र 

मेटिन्छन् सारा दुःखी मनका पीडाहरू


खोई कहिले बज्छन्

 सुमधुर सरगमका धूनहरू 

र गाइन्छन आर्तका  घाउहरू 

मल्हमका रागहरुले 

अब त हे 

कलम समाउने हातहरू

टाठाबाठाको चङ्गुलमा 

निस्ससिएको कवितालाई 

एउटा नयाँ आयम बोकेर 

एउटा नयाँ आकार बोकेर 

स्वतन्त्रताको कविता लेख 

निर्धक्क भएर 

निडर भएर 

अनि पो भित्रिनेछन् 

नयाँ यामका  बिहानीहरू 

र 

दैलोभरि झुल्किनेछन् 

खुशीका कविताका आभाहरु