Saturday, August 6, 2022

 सिथिल र सुसुक्त अनुराग पनि 

तिम्रो आभसको उर्जाबाट 

खोइ कस्तो सन्जिबिनी पाउछ 

र पलाउछन मुनाहरु 

जिर्ण मनका कापाहरुबाट 


तिम्रा ओठका कम्पनबाट 

निस्कने मिठासको स्वादमा 

जीवनको उत्सर्ग पिएर 

एक झुल्को रहर 

किन खोज्छन बाँच्न 


तिम्रा नयनबाट निस्केका

शालीन तरंगले 

किन हलचल लेराउछ 

मेरा भावशून्य

अभिप्शा माथि 


प्रिय शालिनता 

तिम्रा शान्त र कोमलताको 

आलंगनले 

जबर्जस्ती थुनेका मनको बांध  

किन भात्काउन खोज्छ 

रत 

डर लाग्छ घरी घरी 

कतै आरोपित हुन पर्छ कि 

मनको अदालतमा 

फेरि मलाई 

ब्यभिचारको 


त्यसैले म अचेल चट्टानको

अभिनय गर्दैछु 

नौनीमा पत्थरको जलप घसेर 

र मन्चन हुँदैछ 

आदर्शको ढोंग

No comments: