Wednesday, May 21, 2014

झर्को फर्को तिम्रै ठुलो अझै घुर्काउछ्यौ तिमी
भन्नै हुन्न केही मैले अंसु तुर्कौछ्यौ तिमी

कैले भए राजा तिम्रो कैले भए बाबा हजुर
केभो ऐले निउ खोजी पाख्रा सुर्काउछ्यौ तिमी

राम्रै भन्छु राम्रै सोच्छु बिना कारण रिसाउछ्यौ
के भो अचेल फेरी मन्मा केके हुर्काउछ्यौ तिमी

धेरै भयो नजिस्केको ख्याल ठट्टा नभएको
नखरा त्यो पारी फेरी कैले फुर्काउछ्यौ तिमी