Thursday, December 3, 2015

जेजे हुनु भैगो अब नजिक पर्न न आउनु
ठिकै छु म पराइको गन्ध छर्न न आउनु

न भो मन्दिर यो न मुर्ती तिम्रो लागी यो मन
आस्था अर्कै देब अर्कै, पूजा गर्न न आउनु

फूल चुम्ने हजार हुन्छन बास्ना छर्दै तिमी फुल्नु
सजाउन योग्य भईन, नजिक झर्न न आउनु

रंगिन होस तिम्रो जिबन चाहे जती खुशी मिलोस
कोरै ठीक छु म भुलेर नि रंग भर्न न आउनु

म त डुबेको छु माझधारमा तिमीले छाडे देखि
सतहमै हेरी तिमी जङ्हार  तर्न न आउनु