Tuesday, July 16, 2013

स्वयम्भूको आँखाले नदेखेर हो कि
तुवाँलोले छेकिएर हो कि
धुमिल इतिहँसको पाना भित्र
छरपस्ट फुटेका सपनाहरु
एकचोटी आँखले छुन खोज्दा हुन भानु बाजे

आफ्नै आगन बिरानो भए पछि
आफ्नै पन आँफै सँग बिछडिए पछि
आफ्नै माटोमा हराएको बिचार खोज्दै
आफ्नै पसिनामा बगेको रहर खोज्दै
क्षितिज पारी शान्तिका परेबालाई
शान्तिको सन्देश बोकी लेराउछ कि भनि
एकचोटि मन भरी आशा फिज्दा हुन भानु बाजे

चाउरिका अनुहार भरी खुम्चिएका विश्वाश भिरी
दाउरिएका पेट भरी थिचिएका आस्था भिरी
बिना गुदिका टाउकाका हुलहरुमा
बिना बुद्धिका सोचहरुका हुलहरुमा
रगतको छिट्टामा रंगिएका सडक पेटिमा
बारुदको धूवामा रंमगिएको एक हुल निरहलाई
रसाएका आँखा भरी पुछ्दा हुन भानु बाजे

बुद्धले छरेको शान्तीका पाटा भरी
जनकले गोडेका भाईचाराका बाटा भरी
शान्तिका सुगम यात्रामा बिझेका काँढा
मुटु भरी दुखी पल पल रन्थनिदै
मर्महित भई काँढा पंन्छ्याई दिने
कोही मिल्छ कि भनी नियाल्दा  हुन भानु बाजे

कतै कोप्चिएका ,कतै अग्लिएका
कुपोषणले कुरुप शहर भित्र
कहिले टाएरको बिसाक्त धुवाँमा
कहिले बारुदको गर्जनमा
क्षेतबिक्षेत भएको आफ्नै
सुन्दर कान्तिपुरलाई
एकचोटी आँफैलाई चिमोटी झस्कदा  हुन भानु बाजे

ठाउँ कुठाउ खुल्ला राख्दै
छोटा बस्त्र भिर्ने आधुनीक चपलाहरु
नेपाली बोल्दा पाखे हुने डरले
टुटेफुटेका अग्रेजीमा गर्ब गर्ने चन्चलाहरु
अस्रल्ल जथाभाबी पोखिएको देख्दा
लाजले शिर झुकाउदा हुन भानु बाजे
 
धूलो ,धुवाँ ,प्रदुषण ,जाम ,
अनिकाल ,हाहाकार ,चित्कार,
त्रसादी, बर्बादी ,अपहण ,बलत्कार
समस्या ,अभाब ,भष्ट्राचार .......
अनगिन्ती बिकराल परस्थितिलाई आत्मासाथ गर्दै
लामो सुस्केरा हाली
नयाँ नेपाललाई धिक्र्दा हुन भानु बाजे आमा