Friday, March 29, 2013


सुन्य सुन्य छ यो मेरो मन
सम्झी दुख्छ यो मुटु झनझन

के भो के भो तेसै बरबराउछु
होशै हुन्न सपनिमै कराउछु
सुनाउ भने ब्यथा धेरै छन
तिमी छैनौ साथमा रुन्छ मन

जता जान्छु किन लरखराउछु
आफ्नै भाग्य संग पनि डराउछु
हिडनु पर्ने बाटो धेरै छन
तिमी छैनौ साथमा रुन्छ मन


न भो कथा यो छीनमै मेटिने
न थ्यो देबता ढुङोभै भेटिने
पिडा मेरा छाती भित्रै छन
तिमी छैनौ साथमा रुन्छ मन


Saturday, March 2, 2013


अलिकती खुला राखे अंग सबको पर्‍यो ममै नजर
सिरसिर चल्यो हाबा फेरि छाडेन कुनै पनि कसर

आउ समाउ तिमी पनि रमाउ बैश यो उर्लेको बेलामा
हल्का हल्का जवानीको माद नशा झै कुर्लेको बेलामा
चाख अलिकती रसिलो छ यो जवानीको मिठो जहर
मज्जा के नपीए बाँच्नु नै जिन्दगीमा कति छ र

Friday, March 1, 2013


मेरो जिन्दगीमा बेसुरको नोट लायौ तिमीले
तिम्रै साधनामा थिए फेरि खोट लायौ तिमीले

धड्कन सुन्छ्यौ भनी छाडे मुटु तिमी संग
थाहै नपाए झै कुल्ची त्यहीँ चोट लायौ तिमीले

कानूनको कुन धारा उपधारा हुन्छ प्रेममा कुन्नी
मेरै बिरोधमा लडन कालो कोट लायौ तिमीले

मन्द मन्द अझै आई रैछ् पराइको गन्ध तिमीमा
हत्तपत्त आई फेरि जुठो ओठ लायौ तिमीले