Friday, March 1, 2013


मेरो जिन्दगीमा बेसुरको नोट लायौ तिमीले
तिम्रै साधनामा थिए फेरि खोट लायौ तिमीले

धड्कन सुन्छ्यौ भनी छाडे मुटु तिमी संग
थाहै नपाए झै कुल्ची त्यहीँ चोट लायौ तिमीले

कानूनको कुन धारा उपधारा हुन्छ प्रेममा कुन्नी
मेरै बिरोधमा लडन कालो कोट लायौ तिमीले

मन्द मन्द अझै आई रैछ् पराइको गन्ध तिमीमा
हत्तपत्त आई फेरि जुठो ओठ लायौ तिमीले

No comments: