Tuesday, February 3, 2015

चुहाएर त हेर पसिना, यो माटोमा सुन फल्न सक्छ
मिलेर गरे हुन्न के र, बिजुली भै पानी त बल्न सक्छ

स्वाभिमान बेचि कति बाँच्नु पराधिन भै बिदेशमा
श्रम शिप यही लगायौ जब सम्म यि हात चल्न सक्छ

सामाजिक सदभाब जगाइ पौरखी हात चलाऊ
भोको हुन्न तब कोही निभेको चुलो फेरि जल्न सक्छ

राखी बन्धक देश यो गर्लान कोही स्वार्थ सिद्धी
खबर्दार गरौ कुपुतलाई नत्र देशको शान ढल्न सक्छ