Wednesday, July 6, 2011

रात ढल्दै गयो म गल्दै छु
तिम्रो यादमा फेरि जल्दै छु

तिमी बदली सकेकी छ्यौ
म किन मनलाई छल्दै छु

तिमी बिना गन्तब्य कहाँ
बेहोशिमै कताकता चल्दै छु

पूजामा नखोज मलाई भो
म त भट्टि भट्टि ढल्दै छु

भाग यो या भाग्य,भोग्नै पर्ने
आफ्नै खुशीमा आँसु दल्दै छु