Tuesday, November 23, 2010

तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैले
आत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैले

स्वाभिमानको मोल के था इमान बेच्नेहरुलाई
चोर बजारका नक्कली मान शान छानिन मैले

बिना बिधी बिधान, कस्तो पूजाको उपसना गर्नु
शाधक फटाह थे आफुलाई योग्य ठानिन मैले

जलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले

जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले

Friday, November 19, 2010

तिमीले मुटु यो पढिदेकी भए,म यसरी मेटिने थीइन
पूजामा हुन्थे शायद आज ,मदसालामा भेटिने थीइन

उधारिए या उध्रिए म आँफै ,जे भए नि म नाङिएको छु
सीईदेको भए बेलैमा यो लाज,निर्लज्ज भै हेपिने थीइन

तिम्रो दिलको गहिराइमा के थियो कुन्नी दैबै जानुन
ढुङ्गा मुडा देख्या भए आज यसरी म चेपिने थीइन