Sunday, September 13, 2009

दरो छैन भन्छन चिप्लेला पाउ हजुरको
हार्दा नि जित हुने हुन त दाउ हजुरको

बहाबको धार बुझी खियाउनु आँफै अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको

कुन सपना छर्नु भो घाम नपुग्या गाममा
चर्चाको शिखरमा पुगेछ हाउ हजुरको

प्रभूको कृपा हजुरको भक्ती तथास्तु भो कि
आजभोली वढ्या छ सर्बत्र भाउ हजुरको

कोठामा बसी छाना जलाउनु हुन्न लैलैमा
जले पछि दुख्दैन र आफ्नै घाउ हजुरको

No comments: