Friday, September 4, 2009

तिमीले छोयौ कसो कसो जिउमा ताप बढ्यो
अंग अंग तरङ भो नशा नशामा चाप बढ्यो

नशालु नजर भरी तिमी पोखियौ सुस्तरी
मुखले राम भने पनि मनमा पाप बढ्यो

बन्द ओठ मन्द मुस्कान अरु के चाहियो र
मुटुमा पुष कठ्याङ्रिदा नि जिउमा राप बढ्यो

मनमा मन मिलाउन मन राजी थियो मेरो
दिल्को ढोका खोल्नु अघी सिउदोको छाप बढ्यो

रुप यौबनको तेजले शायद अन्धो थिए
समथलै देखिछु टेक्न के खोजे धाप बढ्यो

No comments: