रमिते भए मान्छे प्रभू तिमीलाई जप्न पर्यो
आफ्नोले आफ्नै ढाले प्रभू चोट त यो खप्न पर्यो
गनायो फेरि मानसिक फोहोर टाउकाभरि
बेकार देख्छु संयन्त्र नै दुर्गन्ध थप्न पर्यो
उम्रिन्छ काँडा अंग भरि धरो हुन्न लाज ढाक्ने
जाडोमा यस्तै गर्मिको यो घाम चाँही तप्न पर्यो
बिबेक पैचो कस्ले दिने खडेरी छ बिचारमा
रुवाइ माटो रगतमा यि पसिना हप्न पर्यो
बलियाको बोली हतियार निर्धा त कठैबरा !
उपाय छैन भोक दुख्छ पापी पेट कोप्न पर्यो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment