कस्ले दु:खायो कुन्नी आज सिङो देशै रोको छ
छायो दुर्गतिको कालो सुन्छु औशिले छोको छ
धेरै महात्मा छन रे ,गेरु बस्त्रको अस्त्र बोक्ने
दर्शन बाँडनु परै, दिक्षा थाप्ने भाडै डोको छ
स्वाभिमान धितो राखी बेचेको पसिना रुन्छ
आखिर आफ्नै माटो कती पसिनाको भोको छ
बारुद भित्र शान्ती रोपिन्छ भन्छन यहाँ त
बिधी नि कस्तो पूजाको बुद्ध रगतले धोको छ
शान्त सुन्दर धरा दुर्घन्धमा छ कठैबरा!
फाल्नु पर्ने त प्रदुषित बिचारको पोको छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment