Monday, February 2, 2009

बल्ल तल्ल पुरिएको घाऊ फेरी अब नदुखाउ भो
मुटु गाँठै परे परोस बरु छाड भैगो नफुकाउ भो

बग्या खोला फर्किदैन,रेट्या मुटु जोडीदैन पनि
भैगो गल्ती सबै माफ भए नजर नझुकाउ भो

अलिअली हराइछौ ,कता कता डराइछौ आजभोलि
उधारोमा जेलिएको मन त्यो हाँसोमा नलुकाउ भो

छाती भरी दुखिछ्यौ रुन पनि नसकी नसकी
मनको बोझ बगाउला कि आँखैमा नसुकाउ भो

एक्लै बाँच्न सिके अब पिडा जलन छुन्न मलाई
उमठिन्छ मुटु फेरी श्रदाको कुरा नउठाउ भो

No comments: