Sunday, February 15, 2009

खोइ आजभोलि किन हो नि तिमी भाउ खोज्छयौ
नजिक हुनै हुन्न खाली उम्कने दाउ खोज्छ्यौ

पग्लिएर निखार आको अन्धो आँखामा जचेन
हिरा मोती देखिनौ तब पो कोरा धाउ खोज्छ्यौ

पाखुरिको भरोसा थेन कि परख थेन चिन्न
धमिल्यो कि मन,धन लादिएको पाउ खोज्छ्यौ

भूगोलको धरातलमा खिचिएको थेन यो मन
सिमाना तोकी फेरी भाग्न कुन नाउ खोज्छ्यौ

परीकारको कस्तो बिचित्र परीकल्पना आम्मै!
भुटनु रहेछ यही मुटु र पो त ताउ खोज्छ्यौ

No comments: