Monday, April 20, 2009

पुरानो हिसाबको लेखा छैन अब म सित
हारेको छु मुटु तिरु कसरी ब्याज सहित

आकुल थियौ कि आतुर तिमी,प्यास मेटायौ
पिउथ्यौ किन र फेरि मरी सके पछि धित

तिमीले सिन्दुर जित्यौ मैले सिँउदो हारेछु
खेलाडी तिमी खेल तिम्रो भएछ तिम्रै जित

तिमी फुल्यौ म झरे,कुल्चाईको पिडा कति थ्यो
कुल्चने हाँस्नु किचिने रुनु दुनियाँकै रित

मन दुख्छ शब्द फुक्छ,भाखा पुग्दैन लुक्छ
कस्ले सुन्छ गहिरी यो संगीत बिनाको गीत

No comments: