Saturday, May 23, 2009

तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भनथ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भनथ्यो

विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भनथ्यो

जर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भनथ्यो

पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भनथ्यो

दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भनथ्यो

राहतको अनुभुती के गरेथे झल्यास ब्युझे
कस्तो देखेछु सपना बिक्रिती फाल्छु भनथ्यो

No comments: