Sunday, May 17, 2009

पित्तल पनि सुनै लाग्छ तिम्रो रुपमा चढे पछि
के के हुन्छ यो मन भरि तिम्रो नजर गढे पछि

अल्झाउने मुस्कान पोख्यौ बल्झी मुटु कता लड्यो
उठथ्यो मुटु फेरि किन तिम्रो हाँसोमा लडे पछि

तेज बध भए सरह तुजुक सबै लुत्री जान्छ
रणभुलमा पर्छु आँफै तिम्रो कदम बढे पछि

भाग्यशाली ठान्ते आफ्लाई तिम्रो सिउँदो भर्न पाए
शिरवन्दी कती खुल्ला तिम्रो शिरमा जडे पछि

बिन्ती हजुर एक चोटि दिलको ढोका खोली देउ
टुसाउदो हो आशा फेरि दिल्को हरफ पढे पछि

No comments: