Thursday, July 17, 2008

मुटु राख्न दिन पनि तिम्रो कुनै भर छैन
अडकि सक्यौ मन भरी नबिझी नि धैर छैन

मुटु बालेर उज्यालो खोजेछु तिम्रो मनमा
तेल सकियो रहरमा उज्यालोको कर छैन

तिमीलाई झेले देखी मनको बन्दी भाको छु
हुकुम शिरोपर गरे शरणमा 'तर' छैन

कुजो भा'छु पिजडामा पखेटा काटिए सरी
फटफटाएर भाग्न मन लुक्ने घर छैन

सहनुको सिमा नाघ्यो जुध्न आंट पुगेन
दिलको बास कब्जा भो बनबास पर छैन

No comments: