Monday, October 6, 2008

मन भरीका रहरहरु ओठ भरी डुलुन
सुबास र सुगन्ध तिमिमा घरी घरी घुलुन

जमरा झै शान्ति मौलायोस कदम कदममा
आशाका कोपिला फक्री सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो,नपाल्नु आफैलाइ थुन्छ
सदभाबको ज्योतिले बिभेद मरी लुत्रुन

मैलोको थैलो दुर्गन्ध,आखिर यहाँ की त्यहाँ
बिकारका तुष जति सपनामै टरी भूलुन

आस्थाका देबी देबता विश्वाशमा जागा छन
कुसल मंगल सधैं तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा श्रदाको टिका होस
बिजय श्री सदा तिम्रो, खुशी घरी घरी फुलुन

No comments: