Friday, October 10, 2008

थर्थराएका हातमा बर माला झल्केको याद छ
सिताराको चमक जिती आँसु टल्केको याद छ

अग्नी परीक्रमा सँगै मुटु डाँडाइ धूँवा लुकायौ
प्रणयमा उनिन गाँसेका बाचा सल्केको याद छ

मनमा मन मिसाइ पिर बिसा'को भुलुँ कोसरी
झ्याल चढी अधेरोमै घरी घरी पल्केको याद छ

परीपुरक थियौ आपसमा बहाबको धार बदल्दिए
यो मनमा खडेरी,सागर उता छल्केको याद छ

यादै यादमा याद भुली रात निदाउन सकेनन
नशाले सुके नसा अब जिन्दगी ढल्केको याद छ

No comments: