Friday, June 13, 2008

मधुरो प्रकाशमा लजालु मुस्कानको बातै मिठो
मायालुले भर्दिएको मदिरा भए अझ मातै मिठो

गीतको सगीतमा धेरै रमाएका होलान यहाँ
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो

ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो

उपहारको रुप हुन्न ,माया मिसाएर दिए पछी
बेली चमेलिको के कुरा,श्रदाले चुमेको पातै मिठो

भाबमा कल्पी टोलाउनु भन्दा जिबनको यात्रामा
मायालु सँग मन साटन पाए आहा! रातै मिठो

No comments: