Friday, December 12, 2008

यो उताब चडाब जिबनमा गुने कोही छ कि
सुख दु:ख हर मोडमा साथ हुने कोही छ कि

रसाएर गलेको मन,झरी बनी उर्लियो झन
मुल फुटी बगी रहने आँसु रुने कोही छ कि

बैरी भयो बिधाता नि भाग्य भित्र दैब पस्यो
नियतिले थुपारेको यो पिडा धुने कोही छ कि

फुल्ने रहर कत्ती थियो,पहेलिएर कता पुगे
कोपिलैमा मुर्झाएको यो मन छुने कोही छ कि

कस्तो बन्धन मुटु थुन्ने,मन कैदी पारी दिए
सिमा भित्र बाँधिएको डोरो फुने कोही छ कि

No comments: