Wednesday, November 19, 2008

स्वयम्भूको आँखाले नदेखेर हो कि
तुवाँलोले छेकिएर हो कि
आफ्नै ईतिहासको पाना मेटिए पछी
आफै बुनेको सपना फुटे पछी
जथाभाबी चर्किएका आशाहरु
एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा

आफ्नै आगन बिरानो भए पछी
आफ्नै पन आँफै सँग बिछडिए पछी
आफ्नै माटोमा हराएको बिचार खोज्दै
आफ्नै पसिनामा बगेको रहर खोज्दै
क्षितिज पारी शान्तिका परेबालाई
शान्तिको सन्देश बोकी लेराउछ कि भनी
एकचोटि मन भरी आशा फिज्दी हुन मेरी आमा

चाउरिका अनुहार भरी खुम्चिएका विश्वाश भिरी
दाउरिएका पेट भरी थिचिएका आस्था भिरी
बिना गुदिका टाउकाका हुलहरुमा
बिना बुद्धिका सोचहरुका हुलहरुमा
रगतको छिट्टामा रंगिएका सडक पेटिमा
बारुदको धूवामा रंमगिएको एक हुल निरहलाई
रसाएका आँखा भरी पुछ्दी हुन मेरी आमा

बुद्धले छरेको शान्तीका पाटा भरी
जनकले गोडेका भाईचाराका बाटा भरी
शान्तिका सुगम यात्रामा बिझेका काँढा
मुटु भरी दुखी पल पल रन्थनिदै
मर्महित भई काँढा पंन्छ्याई दिने
कोही मिल्छ कि भनी नियाल्दी हुन मेरी आमा

कतै कोप्चिएका ,कतै अग्लिएका
कुपोषणले कुरुप शहर भित्र
कहिले टाएरको बिसाक्त धुवाँमा
कहिले बारुदको गर्जनमा
क्षेतबिक्षेत भएको भानु बाजेको
सुन्दर कान्तिपुरलाई
एकचोटी आँफैलाई चिमोटी झस्किदी हुन मेरी आमा

धूलो ,धुवाँ ,प्रदुषण ,जाम ,
अनिकाल ,हाहाकार ,चित्कार,
त्रसादी, बर्बादी ,अपहण ,बलत्कार
समस्या ,अभाब ,भष्ट्राचार .......
दुरबिन भित्र असरल्ल फिजिए पछी
लामो सुस्केरा हाली
मजेत्रोले पसिना पुछ्दै नयाँ नेपाललाई धिक्कार्दी हुन मेरी आमा

No comments: