Thursday, January 3, 2013


नरोक भो जसोतसो  जिन्दगी यो बहाबमा छ
नखोले कै जाती होला अचेल यो नकाबमा छ

तिमी उड्यौ आकाश छुन म रहे यही जमिनमा  
उडुँ भने मेरो आकाश हाबाको अभाबमा छ

बोली हुन्थ्यो हर हेराइमा चुपचाप सुन्थे ति नयन
मौन मौन बस्छ आँखा अचेल यो दबाबमा छ
 
कहाँ छु म किन छु म बेखबर छु आँफै सित
दिमागको के कुरा अब दिल पनि तनाबमा छ

No comments: